टस जितेर व्याटिङमा उत्रीएको नामीवियाको ५ औँ विकेट झर्यो

यु १९ विश्वकप क्रिकेट अन्तर्गतको सातौँ स्थानका लागि अहिले नेपालले एसोसिएट टोली नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ । बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मन अली रंगशालामा ३४ ओभरको खेल सकिदा ५ विकेटको क्षतिमा १२० रन वनाएर खेलीरहेको छ ।

नेपालका शुसील कडेँलले २ र लागि सुनिल धमलाले एक विकेट लिए। पहिलो बलमै धमलाले डेभिनलाई र १५ दशमलव ६ ओभरमा कडेँलले लिन्देलाई र २५ दशमलव छ ओभरमा ग्रिनलाइ आउट गरेका हुन्।

आजको खेलमा जित निकाल्ने टोलीले सन् २०१८ मा न्यूजिल्याण्डमा आयोजना हुने आगामी संस्करणको लागि छनोट हुनेछ । त्यसैले विश्वकपमा छनौट हुन नेपाललाई यो खेल जित्नैपर्ने दवाव रहेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकपको शीर्ष स्थानमा रहने एसोसिएट टोलीलाई सन् २०१८ मा न्युजिल्याण्डमा आयोजना हुने विश्वकपमा सीधै छनोट गर्ने निर्णय अभिल्लो साता मात्र गरेको थियो ।
जारी यु १९ विश्वकपमा एसोसिएट राष्ट्रका रुपमा दुईटोली मात्र क्वाटरफाइनलमा प्रवेश गरेका थिए ।

News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget