कोइरालाको अन्त्येष्टि विद्युत् शवदाहगृहमा नहुने, भतिजाले दागबत्ती दिने

काठमाडौँ, २६ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि बुधबार राजकीय सम्मानकासाथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार नै हुने भएको छ ।

कांग्रेस केन्द्रीय समितिको निर्णयबमोजिम कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि मंगलबार पार्टी कार्यालय हुँदै मध्याह्न १२ बजेदेखि दशरथ रंगशालामा राखिएको छ ।

बुधबार अपराह्न २ बजेपछि रंगशालाबाट शवयात्रा गरी आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी कार्यालयले जनाएको छ ।

स्व. कोइरालाको दाहसंस्कार पार्टीले हालै आर्यघाटमा सन्चालनमा आएको विद्युत् शवदाहगृहमा गरिने जनाएपनि परिवारजनको इच्छाअनुसार हिन्दू परम्पराअनुसार नै दाहसंस्कार गरिने स्व. कोइरालाका भाइ अशोक कोइरालाले जानकारी दिए ।

स्व. कोइरालालाई उनका भतिजा अतुल कोइरालाले दागबत्ती दिने परिवारजनले बताएको छ ।

मंगलबार रातभर रंगशालामा रहने स्व. कोइरालाको पार्थिव शरीरलाई कांग्रेसले नेपाल सरकारको जिम्मा दिएको पार्टी कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिए ।

कोइरालाको अन्त्येष्टि राजकीय सम्मानकासाथ गर्ने निर्णय गर्दै सरकारले मंगलबार त्यसका लागि गृहमन्त्री शक्ति बस्नेतलाई जिम्मेवारी तोकेको छ । रासस
-imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget