घूस विवादमा एयरपोर्टका एसपी हेड्क्वार्टर तानिए

काठमाडौं : सेवाग्राहीसँग घूस लिएको उजुरी परेपछि त्रिभुवन विमानस्थलमा खटिएका नेपाल प्रहरीका एसपी विकास खनाल हेडक्वार्टर तानिएका छन् ।

उनले सेवाग्राहीहरुसँग घूस लिएको उजुरी प्रधान कार्यालय र अख्तियारमा समेत परेपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको निर्देशनमा एयरपोर्टबाट हटाइएको हो ।

एयरपोर्टमा अख्तियारको कडा निगरानी रहेका बेला महानिरीक्षक अर्यालले एसपी खनाललाई शनिबार बेलुकाबाट हेडक्वार्टरमा तानेका हुन् ।


यसअघि आफू मातहतका कर्मचारीको निगरानी गर्न नसकेको भन्दै महानिरीक्षक अर्यालले ललित परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीलाई पनि हेडक्वार्टरमा तानिएको थियो।

उनी मातहतका डिएसपी डिएन ज्ञवाली, इन्सपेक्टर रमेशकुमार सिंह र सई लालमणि पाण्डे साढे चार लाख घूससहित समातिएपछि उनलाई हेडक्वार्टर तानिएको थियो ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget