सागकी सनसनी गौरिका भन्छिन्, ‘मेरो पदकले दुःखको घडीमा खुसी साट्ने मौका दिएको छ’

भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुदमा सनसनी मच्चाउँदै नेपालका लागी चार पद हात पारेकी गौरिका सिंहलाई राज्यले कुनै लगानी गरेको छैन । आफ्नै लगानीमा लण्डन बसेर पौडीको प्रशिक्षण लिँदै आएकी गौरिकाले चौथो मेडल जितेको दिन भनेकी थिइन्–‘मलाई अप्रत्यासित खुसी लागेको छ , यो नतिजा आउनुमा मैले म आफैं र देशप्रति गर्व गरेको छु ।’ बाह्रौं सागमा चार मेडल जित्ने १३ बर्षिया गौरिका सिंहसंग रातोपाटीले गरेको कुराकानी :

तपाईलाई दक्षिण एशियाली खेलकुदमा यस्तो सफलता हात पार्दा कस्तो अनुभव भइरहेको छ ?
म त सुरुआतमा स्तब्धै भएँ । त्यसपछि आफ्नो र देशको लागि मेडल जितेकोमा गौरवान्वित छु ।
कहिलेबाट पौडीको करियर सुरु भयो ?
लण्डनस्थित बर्नेट कोप्थाल स्विमिङ क्लबमा सन् २०११ बाटै पौडिन शुरु गरेको थिएँ । नेपालमा सन् २०१४ मा राष्ट्रिय च्याम्पियनसिप खेले र पदक जिते । त्यहीँबाट औपचारिक रुपमा करियर शुरु भयो ।
तपाईले यूकेमा प्रशिक्षण गर्दा के–कस्ता अवसर पाउनुभयो ? अनि नेपालका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दा नेपाली स्विमिङको चुनौतीहरु के–के रहेछन् ?

तयारीको समस्या र पौडी पोखरीको अभाव नेपाली स्विमिङका लागि ठूलो चुनौती रहेछ । तर बेलायतमा मैले बर्नेट कोप्थाल स्विमिङ क्लबमा राम्रा प्रशिक्षकहरुसँग प्रशिक्षण गर्ने मौका पाएँ । लण्डनस्थित मेरो स्कुल हाब्स गल्र्स स्कुलले स्विमिङमा सधैँ सहयोग ग¥यो ।

तपाईका अभिभावक र करियारमा अह्म भूमिका खेल्ने प्रशिक्षक तथा सहयोगी र शुभचिन्तकलाई के भन्न चाहनुहुन्छ ?

म मेरो बाबु र आमासँग सधै नजिक हुन्छु । मेरो पढाई र स्विमिङ प्रशिक्षणलाई ब्यालेन्समा राख्न उहाँहरुले ठूलो मेहिनत गर्नु भएको छ । मेरो सफलता म मेरा प्रशिक्षक रायस ग्रोम्ली र क्रिष्ट्रिन ग्रीनीमा समपर्ण गर्न चाहन्छु । देश तथा विदेशमा रहेका नेपाली जनताले मलाई माया गर्नुभएको छ । नेपाल पछिल्लो समय निकै कठीन अवस्थाबाट गुज्रिएको छ । मलाई आशा छ मेरो जीतले जनतालाई दुःखको घडीमा सानो खुसी साट्ने मौका जुरेको छ ।

तपाईको भविष्यको योजना के छ ? ओलम्पिकको बारेमा सोच्नुभएको छ ?
म कडा मेहिनत गर्न चाहन्छु । अन्तर्राष्ट्रिय रुपमा जूनसुकै प्रतियोगिता खेलेपनि म नेपाललाई राम्रो नतिजा दिलाउन प्रयासरत हुन्छु । मैले सन् २०१६ को ओलम्पिक खेल्न पाउने आशा राखेको छु । रियो दि जेनरियोमा यसै वर्ष हुने ओलम्पिक र सन् २०२० को टोकियो ओलम्पिकका लागि मेरो तयारी हुनेछ ।

ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget