नेपालमा तहल्का पिटेका पुष्पेन्द्र रातारात भागेपछि भारतीय भएको आशंका




काठमाण्डु, २९ माघ– केही समयअघि भारतमा हुने १२ औँ दक्षिण एसियाली खेलकुदका लागि विभिन्न विद्यामा खेलाडी छनोट गर्ने कार्य काठमाण्डुमा निकै जोडतोडका साथ भयो । सो क्रममा यथलेटिक्स तर्फ पुरुषको लङजम्पमा नायक बनेर उदाय धनुषाका पुष्पेन्द्रकुमार गोईत ।
कतै नछाएका गोईतको राष्ट्रिय कीर्तिमानी
दशरथ रंगशालामा कसैले नसोचेको नतिजा निकाल्दै पुष्पेन्द्रले सन् १९९९ मा आठौँ दक्षिण एसियाली खेलका लागि आयोजित छनोट प्रतियोगितामा कृष्णबहादुर गिरीले बनाएको ७ मिटरको राष्ट्रिय कीर्तिमानी तोड्दै ७.०९ को नयाँ कीर्तिमानी बनाए ।

यसअघि कतै नछाएका पुष्पेन्द्रले कीर्तिमानी बनाएसँगै उनी सागका लागि छनोट भए र बन्द प्रशिक्षणमा परे । उनलाई यहाँसम्म ल्याउने र प्रशिक्षण दिने काम गरिरहेका थिए दीपेन्द्र गोइतले । आफूले ल्याएर प्रशिक्षण दिएका ब्यक्तिले कीर्तिमानी बनाएपछि उनी पनि मिडियामा छाएका थिए ।

पासपोर्टको फोटोकपी बुझाइयो
छनोटका क्रममा उनीसँग मागिएको ब्यक्तिगत बिबरणमा पुष्पेन्द्रले पासपोर्टको फोटोकपी बुझाएका थिए । राम्रो प्रदर्शन गरेर राष्ट्रिय रेकर्ड बनाएपछि यथलेटिक्स संघ, राष्ट्रिय खेलकुद परिषद् लगायतका निकाय पनि उनीबाट आशावादी थिए । त्यसैले पनि उनीसँग त्यतिबेला धेरै बिबरण मागिएन र उनले दिएको पासपोर्टको फोटोकपीलाई आधार मानेर उनलाई छनोटदेखि बन्द प्रशिक्षणसम्म सामेल गराइयो ।
बन्द प्रशिक्षणबाटै पुष्पेन्द्र टाप
यसरी यथलेटिक्सबाट जम्मा २२ जना छनोटमा परेका थिए । ती मध्य ११ पुरुष र ११ महिलालाई भारतमा जारी सागका लागि बन्द पशिक्षणमा राखिएको थियो ।
प्रशिक्षणकै क्रममा उनीसँग नागरिकता या पासपोर्ट मागियो । भारतमा सुरक्षा कडा भएकाले सामूहिक रुपमा जम्मा गरेर बिबरण पठाउनुपर्ने थियो । यस्तोमा बन्द प्रशिक्षणमा सहभागी सबैले बिबरण पठाए तर, राष्ट्रिय कीर्तिमानी बनाएका पुष्पेन्द्र भने बन्द प्रशिक्षणबाटै टाप कसे ।
नाम नखोल्ने सर्तमा काठमाण्डु टुडेसँग यस विषयका एक जानकार भन्छन्, ‘उसले राम्रो गरेको थियो । हामीले ऊबाट धेरै आशा पनि गरेका थियौँ । तर, बिबरणका लागि उसको नागरिकता माग्दा ऊ नै गायव भयो । त्यसपछि हामीलाई ऊ नेपाली हो या होइन भन्ने श.का भयो । हामीले धेरै खोज्दा पनि भेटिएन ।’

हिन्दी बोल्थे म आफै जान्छु भन्थे
त्यसो त छनोट देखि बन्द प्रशिक्षणसम्मको समयमा उनी प्राय हिन्दी भाषामा कुरा गर्ने गर्थे । एथलेटिक्स संघका एक सदस्य काठमाण्डु टुडेसँग भन्छन्, ‘उसलाई शुद्ध नेपाली बोल्न आउँदैनथ्यो । हामीले बेलाबेलामा शंका गरेकै हो तर, उबाट आशा थियो र राम्रो गरेको थियो त्यसैले यस्तो कुराको आशा गरिएको थिएन । त्यसरी राष्ट्रिय कीर्तिमानी राखेको मान्छे एकाएक गायव हुनु पक्कै पनि विवादीत विषय हो ।’
बिबरण माग्दा उनले आफै भारत जाने भन्ने गरेको समेत स्रोत बताउँछ । स्रोतका अनुसार उनले पटक–पटक आफू समूहमा नभइ आफै सागका लागि भारत जाने र उतैबाट खेलमा सहभागी हुने बताउँथे । यसले पनि उनको विषयमा शंका उब्जिएको थियो तर यसमा कसैले ध्यान दिएन ।

हात जोडेर बढाइएको थियो संख्या
त्यसो त ११ इभेन्टका लागि खेलाडी पठाउने एथलेटिक्स संघले तयारी गरेता पनि त्यसलाई ९ मा झारिएको थियो । पछि संघका केही सदस्यसहितको टोलीले खेलकुद परिषद् देखि मन्त्रीसम्मको हात जोडेपछि त्यसलाई ११ मै रहन दिने सहमति भएको थियो ।
यसरी हात जाडेर थपिएको कोटाबाट अन्तिममा १० जना नै सहभागी भए । यदी पहिल्यै ध्यान दिइन्थ्यो र छनोटमा सहभागी हुनुअघि उनीबारे आवश्यक जानकारी लिइन्थ्यो भने उनको स्थानमा अरु कोही जान पाउथ्यो तर संघ र प्रशिक्षणमै सहभागी केही प्रशिक्षकको लापरवाहीले हात जोडेर बढाएको संख्या खेर गयो ।
एथलेटिक्स संघका जिम्मेवार बोर्ड सदस्यको बयान
यस विषयमा एथलेटिक्स संघका बोर्ड सदस्य बिक्रम जंग थापसँग कुरा गरेर बुझ्न खोज्दा उनले सम्बन्धित निकायले छानबिन गरी यस विषयमा सत्य तथ्य पत्ता लगाउनुपर्ने बताए ।
उनीसँग नेपाली नागरिकता नभएकै कारण बन्द प्रशिक्षणबाट भागेका हुन् त भन्ने काठमाण्डु टुडेको प्रश्नमा उनी भन्छन्, ‘हुन पनि सक्छ र नहुन पनि सक्छ । तर, हाम्रो संघ, यसको जिम्मेवार निकाय खेलकुद परिषद् आदी यससँग सम्बन्धित निकायले आवश्यक छानबिन गरी यस विषयमा एक्सन ल्याउनुपर्छ ।’
यस विषयमा अन्य जानकारी लिन खोज्दा उनले खासै प्रतिक्रिया दिएनन् ।
महिला प्रशिक्षकको आक्रोश
त्यसैगरी सागमा इथलेटिक्स तर्फबाट २२ इभेन्टमध्य ११ इभेन्टमा भाग लिन महिला खेलाडी गएका छन् । उनीहरुसँगै प्रशिक्षकका रुपमा सुशील राणा, छबिलाल थापा र धनिराम चौधरी सहभागी छन् ।
तर ११ महिला खेलाडीका लागि एकजना पनि महिला प्रशिक्षकको व्यवस्था नहुँदा महिला प्रशिक्षकले आक्रोश पोखेका छन् ।

मनोमति विष्ट खेल्नै पाइनन्
नेपाल प्रहरीकी खेलाडी मनोमति विष्ट ११ इभेन्टमध्य एकमा सहभागी थिइन् । नेपाल प्रहरीकी राम्री खेलाडीका रुपमा चिनिएकी उनी प्रशिक्षकसँगै सागका लागि भारत गएकी थिइन् ।
छनोट र बन्द प्रशिक्षणदेखि नै उनले खेलका लागि निकै मेहनत गरेकी थिइन् । तर, खेल सुरु भएपछि मात्र थाहा भयो कि उनको नाम नै इन्ट्री गरिएको छैन । यसरी प्रशिक्षक तथा टीम म्यानेजरले वेवासता गरकेो देखिन्छ ।
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget