यस्ता छन् प्रधानमन्त्रीले भारतलाई दिने पाँच सन्देश

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन पहिलो साता गर्न लागेको भारत भ्रमणबारे परामर्शलाई तीब्र बनाएका छन् ।

भ्रमणको तयारीका लागि अर्थमन्त्री विष्णु पौडेललाई भारत पठाएको भोलिपल्ट प्रम ओलीले पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री र कुटनीतिज्ञहरुसँग परामर्श गरेका छन् ।


सरकारी निवास बालुवाटरमा तीन पूर्वप्रधानमन्त्रीहरुसहितको उपस्थितिमा भएको परामर्श बैठकमा प्रम ओलीले सुझाव लिँदै आफ्ना भनाइ पनि राखेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आफूले भारतलाई पाँचवटा सन्देश दिने बताएका छन् । उनले नेपाल एक स्वतन्त्र र सार्वभौम मुलुक भएको सन्देश दिने भएका छन् ।

‘नेपालमा भएको नाकाबन्दीको अवस्था र हस्तक्षेपपछि भारतलाई प्रधामन्त्रीले पाँचवटा बुँदामा स्पष्ट सन्देश दिने तयारी गर्नुभएको छ’, प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले अन्नपूर्ण अनलाइन सँग भने, ‘नाकाबन्दीपछि नेपालले राख्दै आएको स्वाभिमानको अडान कायम गर्ने गरी भ्रमण उहाँले भ्रमण गर्ने सन्देश आजको परामर्शमा दिनुभएको छ ।’

आजको परामर्श बैठकमा प्रम ओलीले भारतमा गएर नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्न, नेपाल स्वतन्त्र राष्ट्र रहेको, यसले स्वतन्त्र हैसियतले काम गर्न सक्ने, नेपालको सार्वभौमसत्ताको भारतले सम्मान गर्नुपर्ने र नेपालको राष्ट्रिय हितलाई पनि ख्याल गर्न पनि आग्रह गर्ने बताएका छन् ।

‘तपाईंहरुबाट मैल प्राथमिक सुझाव लिएको छु’, प्रम ओलीले परामर्श बैठकमा भने, ‘फेरि पनि सुझाव लिन संसद्मा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाउँछु । नेपाली जनताको भावनालाई चोट पुग्ने र नेपालको सार्वभौमिकतामा असर पर्ने कुनै सम्झौता गर्दिनँ ।’

बालुवाटारमा प्रमले बोलाएको परामर्श बैठकमा पूर्व प्रधानमन्त्री, परराष्ट्रमन्त्री र पूर्वराजदूतहरु सहभागी भएका थिए । परामर्श बैठकमा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल र खिलाराज रेग्मी उपस्थित थिए ।

परामर्शका लागि बोलाइएका पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, बावुराम भटराई,  सुशील कोइराला, शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द भने उपस्थित भएनन् ।

बैठकमा प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा गरिने छलफलका एजेन्डा र मुद्दाहरुबारेमा चरणवद्ध छलफल गरिरहेका छन् । प्रधानमन्त्री भारत जानुअघि सर्वदलीय बैठक पनि डाकिएको छ ।
-annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget