प्रधानमन्त्री ओलीद्वारा मोर्चाको निर्णयको स्वागत

प्रधानमन्त्री केपी शर्मा ओलीले नाका धर्ना र आम हड्ताल फिर्ता लिने मधेसी मोर्चाले निर्णयलाई स्वागत गरेका छन्।

प्रधानमन्त्री ओलीका तर्फबाट प्रेस सल्लाहकार प्रमोद दाहालले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सोमबारको बैठकले गरेको निर्णयलाई मैले सकारात्मक रुपमा  लिएको छु।’

ओलीले मुलुकका समस्याको समाधान वार्ता र सम्बादबाटै हल गर्न सकिने भन्दै वार्तामा आउन आग्रह समेत गरेका छन्। ‘ समस्याको हामी सवैले मिलेर समाधान गर्न आवश्यक छ। जे जति विवाद र असहमतिका विषय छन्, ती वार्ता र सम्वादबाटै हल गर्न सकिनेमा म विश्वस्त छु। र, त्यस निम्ति म सम्बन्धित सबैमा आग्रह गर्दछु, विज्ञप्तिमा भनिएको छ।’


सोमबार राजधानीमा बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले नाका अवरोध, हड्ताल र सरकारी कार्यालय बन्द गर्ने कार्यक्रम स्थगित गर्ने  निर्णय गरेको थियो।setopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget