काठमाडौं, २३ माघ । चर्चित युवा नेता गगनकुमार थापालाई आफ्नै पार्टी नेपाली कांग्रेसबाट ठूलो झट्का लागेको छ ।
२०८८ सालमा राजनीतिबाट सन्यास लिने घोषणा गरेका थापालाई कांग्रेसमा भने अहिले नै सन्यास लिनुपर्ने अवस्थामा पुगाइदिएको छ । नेता थापा आफ्नै क्षेत्रमा क्षेत्रीयस्तरको निर्वाचनमा पराजित भएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को शुक्रबार सम्पन्न चुनावमा थापाको प्यानल नै पराजित भएको हो ।
थापालाई पराजित गर्दै कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका राजु श्रेष्ठ क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । पछिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यमा एक नम्बरमा मत पाएका कांग्रेसमा प्रभावशाली मानिने थापाले यो पटक भने प्यानलसहित लज्जास्पद हार बेहोरेका छन । देउवा निकट श्रेष्टले गगनको विपक्षमा प्यानल बनाएर चुनावमा उठेका थिए ।
गगन थापाका उम्मेदवार न्हुच्छेनारायण श्रेष्ठलाई राजु श्रेष्ठले भारी मतले हराएका छन् । आफ्नो उम्मेदवारलाई जिताउन गगन थापाले थुप्रै प्रयास गरेका थिए ।
dainiknepal
Post a Comment