नाका अवराेध गर्न गएका मोर्चा कार्यकर्ता फर्के

नाका अवराेध गर्न गएका मोर्चा कार्यकर्ता फर्के
वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले फेरि पनि वीरगन्ज नाका अवरुद्ध गर्ने जनाएपछि वीरगन्ज रक्सोल सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालिन गरिएको छ। करिब २ बजे नाकामा धर्ना दिन पुगेका मोर्चाका कार्यकर्ताले नाका नियन्त्रण गरी आवतजावत अवरोध गर्न खोजेका थिए।

तर ठूलो संख्यामा रहेका सुरक्षाकर्मी र सीमापारिबाट आएका स्थानीयले मोर्चाको अबरोधलाई विफल तुल्याई दिए। मोर्चाका कार्यकर्ता हटाउँदै सुरक्षा घेरामा मालवहाक सवारी आवज जावत गराएपछि मोर्चाको अवरोध टिक्न सकेन।


सीमा पारिबाट आएका स्थानीय र मोर्चाका कार्यकर्ताबीच करिब साढे ३ बजे केहीबेर घम्साघम्सीसमेत भएको थियो । 'हल्का झडप भए पनि खासै केही ठूलो घटना भएन्, अहिले सीमानाका समान्य भइसकेको छ,' पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने। यसअघि दिउसो १२ बजे मोर्चाले केन्द्रीय तहबाट आधिकारिक निर्णय नआएसम्म नाका अवरुद्ध गर्ने निर्णय मोर्चाका स्थानीय नेताले गरेका थिए।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget