बुद्ध भारतमा जन्मिएका हुन्ः महेश भट्ट; गलत तथ्य प्रचारले नेपालमा हंगामा


काठमाडौं—संयुक्त राष्ट्रसंघ सहित अन्तर्राष्ट्रिय निकायले बुद्ध नेपालमा जन्मिएको प्रमाणित गरिसकेको अवस्थामा भारतीय फिल्म निर्देशक महेश भट्टले भगवान् गौतम बुद्धको जन्म भारतमा भएको दाबी गरेका छन्।

भारत—जापान सहयोग सम्मेलनमा सहभागी भएको तस्विर राखेर भट्टले सामाजिक सञ्जालमार्फत् यस्तो झुटो अभिव्यक्ति दिएका हुन्।

'बुद्ध भारतमा जन्मिएका थिए तर उनको शिक्षा जापानसम्म फैलियो', भट्टले ट्विट गर्दै भनेका छन्, 'बुद्धको विद्याको सार हिरोसिमा संग्रालयमा जीवित छ।'

बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको भनेर युनेस्कोले प्रमाणित गरिसकेको छ। यसै कारण युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचिमा समेत समावेश गरेको छ। भारतीय लेखक, अन्वेषक तथा मिडियाहरुले भने समय समयमा बुद्ध भारतमा जन्मेको भनेर गलत तथ्य प्रचार गर्दै आएका छन्।
nagariknew
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget