मौनी औंसीमा के गर्नु हुन्छ के गर्नु हुँदैन
11माघ महिनाको औंशीलाई माघी अर्थात मौनी औंशी भनिन्छ । यो दिन स्नान, दान र श्राद्ध एवं व्रत गर्नुको उच्च महत्व रहेको मानिन्छ । यो वर्षको मौनी औंशी भोली (सोमबार) परेको छ ।
ज्योतिषका अनुसार ४ वर्षपछि मात्र मौनी र सोमबारे औंशी एकैपटक परेको छ । यस अघि २०६९ सालमा मात्र यस्तो संयोग परेको थियो ।
मौनी औंशीमा के गर्ने ?
मौनी औंशीमा विहानै स्नान गरेर ब्रम्हदेव तथा माता गायत्रीको पुजा गरिन्छ । गाइ, सुन, छाता, वस्त्र, पलङ, ऐना इत्यादि चिजको दान गर्नु राम्रो मानिन्छ । चन्द्रमालाई मनको स्वामी मानिन्छ । र औंशीमा चन्द्रदर्शन गर्न सकिँदैन । यसले गर्दा मनस्थिति कमजोर हुन्छ । यो दिन ब्रत गर्दा मन सम्हालिने विश्वास पनि गरिन्छ ।
.tajaheadline
Post a Comment