गुवाहटी- तिन साता नबित्दै नवयुग श्रेष्ठले दोस्रो ह्याट्रिक गरेपछि नेपालले १२औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा सानदार विजयी सुरुआत गरेको छ।नेपालले आइतबार भुटानलाई ५–० ले पराजित गर्यो।
'हाम्रो योजना सुरुआतको १५ मिनेटमा गोल गर्ने थियो। सुरुआतमा खेल्न केहि कठिन भयो। तर हामीले हाम्रो लय समायौं,' नेपाली टोलीका प्रशिक्षक राजु काजी शाक्यले भने, 'जितबाट खुसी छु। दोस्रो खेलमा हाम्रो गल्तीलाई सुधार गर्नेछौं।' लगातार नेपाली टोलीले बिपक्षीको पोस्टमा दबाब बढाइरहको बेला नवयुगले पहिलो हाफमा गोल गरे। उनले दोस्र्रो हाफमा दुइ गोल गदै ह्याट्रिक पुरा गरे। यसैगरी नेपालका लागी विशाल राई र अन्जन विष्टले १–१ गोल गरे।
अन्तिम १० मिनेट बाँकी रहेको बेला भुटानले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो। भुटानका दोर्जी रातो कार्ड पाएर बाहिरिए। नेपालको खेलको सुरुआतबाटै आक्रमण रुपमा खेलेको थियो। भुटानी रक्षापंक्तिलाई बिमल घर्ती मगर र नवयुग समन्वय मिलेको जोडीले लगातार दबाब सृजना गरिरहेको थियो। नवयुगले तेस्रो मिनेटमै गोल गर्ने अवसर खेर फालेको थिए। उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो। त्यसको एक मिनेट पछि बिमलले एक्लो प्रयासमा गरेको प्रहार गोल हुन सकेन। २२औं मिनेटमा नवयुगले ३३औं मिनेटमा पहिलो गोल गरेको थियो। कप्तान बिराज महर्जनको क्रसमा नवयुगको प्रहार भुटानी गोलकिपरले पन्च गरेका थिए। रिबाउन्डमा नवयुगले गोल गर्ने अवसर पाए। ४४औं मिनेटमा विशालले नेपालको लागी दोस्रो गोल गरे। भुटानी रक्षा पंक्तिले क्लियर गर्न नसकेको बललाई बिशालले गोलमा परिणत गरेका थिए।
५१औं मिनेटमा अन्जन विष्टले एकल प्रयासमा गोल गदै नेपाललाई ३–० ले अग्रता दिलाए। लगातार खेलमा हाबी भैरहेको बेला नवयुगले ७६औं मिनेटमा गोल गरेर नेपालको अग्रतालाई थप फराकिलो बनाए। नवयुगले जगजित श्रेष्ठको पासमा गोल गरेका थिए। नवयुगले ८५औं मिनेटमा ह्याट्रिकको खुसीयाली मनाए। उनले गोल गरेपछि नेपालले ५–० को अग्रता लिएको थियो।
nagariknews
Post a Comment