नेपाल र बुद्धको शान्ति सन्देश विश्वभर फैलाउने तेरिया मगर बेल्जियममा सम्मानित

काठमाडौँ, २४ माघ, विश्व मगर सङ्घ बेल्जियमको निमन्त्रणामा बेल्जियम पुगेकी ‘डान्स इन्डिया डान्स लिटिल मास्टर–२०१४’ की विजेता तथा लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानकी ‘बालिका शान्ति दूत’ तेरिया फौजा मगर बेल्जियममा सम्मानित भएकी छन् ।  

मगर सङ्घले बेल्जियमको लुभेन सहरमा हालै आयोजना गरेको विशेष साङ्गीतिक कार्यक्रममा तेरियालाई सम्मान गरेको हो । कार्यक्रममा अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले मगरलाई सम्मान गर्नुभएको बताइएको छ ।

अभियानले तेरियालाई बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल र बुद्धको शान्ति सन्देश विश्वभर फैलाउन सहयोग पुर्याउने विश्वासका साथ ‘बालिका शान्ति दूत’ चयन पनि गरेको छ ।

कार्यक्रममा तेरियाले विश्व मगर सङ्घ, बेल्जियमका अध्यक्ष मार्के मगरलाई मायाको चिनोस्वरुप करिब एक फिट उचाइको सुनौलो रङको भगवान् बुद्धको मूर्ति उपहार दिएकी थिइन् ।

कार्यक्रममा लुभेन नगरपालिकाको सामाजिक कार्य तथा विद्यार्थी विभाग प्रमुख बिके वेर्लिन्देन, हिमालयन प्रोजेक्टका अध्यक्ष पाउल भान मोरतेल, गैरआवासीय नेपाली सङ्घका सचिव अर्जुनकुमार श्रेष्ठ, महिला उपसंयोजक रजनी प्रधान, आइसिसी सदस्यहरु चिजकुमार श्रेष्ठ, नेत्र मगर र जानकी गुरुङ, गैरआवासीय नेपाली सङ्घ बेल्जियमका अध्यक्ष गङ्गाधर गौतम, मगर सङ्घ युकेका अध्यक्ष एवम् नेपाली टिभीका निर्देशक विजय थापा मगरलगायत बेल्जियमस्थित सङ्घसंस्थाका प्रतिनिधिहरु तथा उल्लेख्य सङ्ख्यामा नेपालीको उपस्थिति रहेको थियो ।

सङ्घले उक्त साङ्गीतिक कार्यक्रमबाट उठेको रकम गोरखाका भूकम्पपीडितलाई सहयोग गर्ने जनाएको छ ।रासस
aajakokhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget