कोइरालाको निधनको खबरले चीन स्तब्ध

काठमाडौं: चीनले नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनको खबरले आफू स्तब्ध भएको बताएको छ ।

नेता कोइरालाको निधनमा गहिरो दुःख व्यक्त गर्दै चीन सरकारले आज उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापालाई शोक सन्देश पठाउँदै नेता कोइरालाका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।


चिनियाँ विदेशमन्त्री वाङ् यीले परराष्ट्रमन्त्री थापालाई पठाउनुभएको सन्देशमा कोइरालाले पार्टी सभापति एवम् प्रधानमन्त्रीका रुपमा नेपाल–चीन सम्बन्ध सुदृढीकरणमा निर्वाह गरेको अतुलनीय योगदानको स्मरण गरिएको छ ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget