विमान दुर्घटना अपडेटः हिमपातपछि शवको खोजीकार्य स्थगित, ४ वटा अझै भेटिएन

वेपत्ता यात्रुका परिवार
– कमल खत्री/सन्तोष गौतम
म्याग्दी, १२ फागुन । म्याग्दीको दाना गाविस–२ को सोलीघोप्टेको धुरीमा दुर्घटनाग्रस्त जहाजमा सवार भएकामध्ये शव फेला नपरेकाको खोजी र शव सङ्कलनको काम आजलाई स्थगन गरिएको छ ।
मौसममा आएको खराबी र रात परेका कारण सङ्कलन भएको शवलाई समेत तल झार्न र नभेटिएकाको खोजी गर्न कठिनाइ भएपछि आजका लागि खोजी कार्य स्थगन गरिएको हो ।

दुर्घटनास्थल निकै अग्लो डाँडाको खोँचमा रहेको र बाक्लो कुहिरो लागेसँगै चिसो बढेपछि खोजी र शव सङ्कलनको काम स्थगन गरिएको घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय दानाका प्रहरी जवान विजय शर्माले जानकारी दिनुभयो । दुर्घटनामा परेको जहाज पूर्णरुपमा जलेको छ भने केही हिस्सा पहाडमा ठोक्किएर छरिएका छन् ।
दुर्घटनास्थल म्याग्दी सदरमुकाम बेनीदेखि ४० किमी उत्तर दानाको काभ्रेदेखि पाँच घन्टाको पैदल दूरीमा रहेको छ । पोखराबाट जोमसोमका लागि उडेको ९ एनएएचएच ट्वीनअटर विमानमा दुई बालबालिकासहित २० जना यात्रु र चालक दलका तीन जना सदस्य सवार थिए । जहाजमा सवार २३ जनामध्ये १९ जनाको शव फेला परेको छ । रासस
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget