सन्दिप लामिछानेको तुलना अष्ट्रेलियाका शेन वार्नसँग



अन्तराष्ट्रिय क्रिकेट परिषद आइसिसिले नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको बलिङलाई अष्ट्रेलियाका पूर्वक्रिकेटर शेन वार्नको बलिङसँग तुलना गरेको छ।
बंग्लादेशमा जारी यु-१९ विश्वकपमा  लामिछानेले बलिङ गरेको भिडियो आफ्नो वेबसाइटमा राख्दै आइसिसिले उनलाई वार्नसँग तुलना गरेको हो।
मंगलबार पाकिस्तान विरुद्ध २१औं ओभरमा उनले बलिङ गर्दै गरेको भिडियो वेबसाइटमा राखेको हो। लामिछानेले यसपटक यु-१९ विश्वकपमा ह्याट्रिकको किर्तिमान राखे । आयरल्याण्ड विरुद्धको यो खेलमा उनले ५ विकेट लिए।
१५ बर्षका लामिछानेले जारी प्रतियोगितामा १३ विकेट लिइसकेका छन्।
आफ्नो समयका प्रतिभाशाली बलर वार्नले टेष्ट र एकदिवसीयमा गरी १हजार भन्दा बढि अन्तराष्ट्रिय विकेट लिएका छन्।
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget