भारतबाट फर्के लगत्तै ओलीलाई झट्का अव कांग्रेस नेतृत्वको राष्ट्रिय सरकार

१४ फागुन, इटहरी ।

एनेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले अव नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने दावी गरेका छन् । संविधान कार्यान्वयनका लागि मधेसवादी दलहरुलाई समेत समेटेर कांग्रेस नेतृत्वमा नयाँ राष्ट्रिय सरकार गठन हुने उनको दावी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भारतबाट फर्के लगत्तै प्रवक्ता शर्माको यस्तो भनाइ आएको हो । शुक्रबार सुनसरीको इटहरीमा सञ्चारकर्मीसँग बोल्दै शर्माले अवको सरकारमा संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका मधेसी नेताहरु समेत सम्मिलित हुने दावी गरे ।


भारतबाट फर्किएका ओलीको भ्रमणलाई सामान्य र नियमित बताएका प्रवक्ता शर्माले तत्काल सरकारबाट बाहिरिने तयारीमा एमाओवादी नरहेको भन्न छुटाएनन् ।



राष्ट्रिय सरकार कहिले गठन हुने भन्ने विषयमा पनि उनले स्पष्ट पारेनन् ।

यस अघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि राष्ट्रिय सरकारको कुरा उठाउँदै आएका छन् । अवको सरकारको नेतृत्व महाधिवेशनपछिको कांग्रेसले गर्ने संकेत पनि उनले गरिसकेका छन् ।

nepaliheadlines

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget