ताइवानमा शक्तिशाली भूकम्प, ठूला भवनहरु भत्किए(फोटोफिचर)

काठमाडौं, माघ २३ । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । दक्षिणी ताइवान केन्द्रविन्दु भएको ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्पबाट केही भवनहरु भत्किएको तथा एक जनाको मृत्यु भएको खबर आएको छ ।
क्षतिको थप विवरण भने आएको छैन । टाइनान शहरको एउटा अपार्टमेन्ट भत्किएको विभिन्न समाचार संस्थाले जनाएका छन् ।
त्यहाँ फसेका सयौं व्यक्तिको उद्दार गरिएको छ । उद्दारकर्मीहरु उद्दारमा जुटेका छन् । यसअघि सन् १९९९ को सेप्टेम्बरमा गएको ७ दशमलव ६ म्याग्निच्यूडको भूकम्पबाट ताइवानमा २४ सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो । (एजेन्सी)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget