वीरगञ्जमात्रै होइन, उत्तर दक्षिण दुबै नाका बन्द गर्छौं: उपेन्द्र यादव

१३ फागुन, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग सम्बोधन गर्ने गरी सरकारले ठोस कदम नचाले उत्तर र दक्षिण दुबै तिरका नाका अवरुद्ध गर्ने गरी आन्दोलन गर्ने बताएका छन् ।
अहिले सरकारलाई मुद्दा सम्बोधन गर्ने अवसर भएको उनले बताए । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा यादवले भने ‘राज्य यो अवसर खेर फाल्दैछ । राज्य यसरी नै अघि बढे अबको आन्दोलन वीरगञ्जमात्रै होइन, उत्तर र दक्षिण दुबै तिरका नाका बन्द गर्दै अघि बढ्छ ।’
अहिले आफूहरु आन्दोलनको समिक्षासहित शक्ति सञ्चय गरेर विगतको भन्दा कडा आन्दोलन घोषणा गर्ने तयारीमा जुटेको उनले बताए ।
उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा सीमांकन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठनप्रति टिप्पणी गर्दै मधेसी मोर्चाका नेता यादवले संघीयता र गणतन्त्र विरोधीलाई संघीयताको विषय हल गर्ने जिम्मेवारी दिनु हास्यास्पद भएको बताए । उनले भने, ‘यो संयन्त्र दिल्लीलाई ठग्न बनाएको हो । मधेसी मोर्चाले यो आयोगलाई मान्यता दिँदैन ।’
संविधान परिवर्तन र पुनर्लेखन गरेमात्रै सकारात्मक परिस्थिति बन्ने भन्दै उनले त्यसको आधार राज्य पुनःसंरचना आयोगको प्रतिवेदन, अन्तरिम संविधान र आफूहरुले अघि सारेको ११ बुँदे माग रहेको उनले स्पष्ट पारे ।
फोरम अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पूर्ण रुपमा असफल भएको दाबी गरे । पूर्व परराष्ट्रमन्त्री समेत रहेका उनले आवश्यक तयारी नगरी आवेग र उत्तेजनामा प्रधानमन्त्री दिल्ली दौडिनु गलत भएको बताए ।
भ्रमणले नेपाल भारत सम्बन्ध सुधार नगरेको भन्दै अध्यक्ष यादवले भने, ‘जोईन्ट स्टेटमेन्ट नआउनु भ्रमणको असफलता हो । त्यसले दुई मुलुकवीच केही विमती छ भन्ने देखाउँछ ।’
प्रधानमन्त्रीले चीन र भारतविरुद्ध एकअर्को कार्ड प्रयोग गर्न खोजेकाले दिल्ली यात्रा प्रहसनमा मात्रै अन्त्य भएको उनले बताए ।
onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget