अनौठो चटक रक्सीका बोतलमा रोड लोडर कुदाइने सबैले जान्नै पर्ने

एजेन्सीः भारतको गुजरातमा ५५ वर्षदेखि मादक पदार्थ सेवन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । तर, राज्यका कुनै गाउँमा त्यस्तो ठाउँ छैन जहाँ मादक पदार्थ राखिएको पसल नहोस ।

स्न १९६० मा गुजरात र महाराष्ट्र जब अलग भए त्यही बेलादेखि गुजरातमा रक्सी बिक्री वितरणमा  प्रतिबन्ध लगाइएको थियो ।


गुजरातमा ६० हजार पुलिस तथा नशावन्दी विभागका दुई हजार सिपाही मापसे नियन्त्रणका लागि प्रयोग गरिएका छन् ।

सरकारी तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा २.४६ अरब भारतीय रुपैयाँ (अर्थात साढे तीन अर्ब ९३ करोड रुपैयाँ) को अवैध अंग्रेजी रक्सी कब्जा गरिएको थियो ।

गाउँमा रक्सीको बिक्री वितरण रोक्न नसकेको देखेर सरकार प्रति सर्वसधारणको भरोसा हटेको थियो । तर अधिकारीहरुले अघिल्लो वर्ष ८२ करोड भारतीय रुपैयाँ (एक अर्ब ३१ करोड रुपैयाँ) बराबरको रक्सी नष्ट गरेका थिए ।

सर्वसाधारणको निराशाका कारण सरकारले अब अबैध रुपमा रक्सी उत्पादन हुने ठाउँमा छापा मार्ने भएको छ । यस अभियानलाई ‘जनता रेड' नाम राखिएको छ ।

व्यसन मुक्ति आन्दोलन चलाइरहेका गुजरात ठाकोर सेनाका नेता खोडाजी ठाकोरले भने–‘गुजारातका गाउँमा देशी तथा विदेशी रक्सी सेवनका कारण हजारौ युवाको मृत्यु भएको छ । हामी सिर्फ सरकारको भरोसामा मात्र बस्दैनौं ।'


गत २६ जनवरीमा ठाकोर सेनाले गुजसातमा व्यसन मुक्ति आन्दोलनको सुरुवात गरेको थियो । यसपछि अहिलेसम्म उत्तरी गुजरातका आठसय भन्दा बढी मानिसलाई पक्रिएको तथा अन्य रक्सी उत्पादन गर्ने स्थानलाई बन्द गरेको खोडाजीले बताए ।

गान्धिनगर रेन्जका आईजी असमुख पटेलले भने–‘प्रत्येक जिल्लाका प्रहरी अधिकारीलाई आफ्नो इलाकाका ५० गाउँलाई रक्सी मुक्त क्षेत्र बनाउन भनिएको छ ।'

उनले भने–‘हामीले जनता रेड अभियान चलाउने नेतालाई पनि भनेका छौं, जहाँ रक्सी बिक्री वितरण गरिन्छ त्यसको बारेमा पुलिसलाई जानकारी दिनुहोस, किनकी जनता रेडको अवस्थामा ठेकेदार तथा सर्वसाधारणबीच भिडन्त हुनसक्छ । यसले कानुनको स्थिति बिगार्नसक्छ ।'

केहिसमय पहिले अहमदाबाद क्राइम शाखाले राजस्थानमा रक्सी बेच्ने तथा गुजरातमा नियमित रुपमा रक्सी पठाउने कैलाश राठीलाई गिरफतार गरिएको थियो ।

राठीलाई पक्राउ गर्ने सब इन्सपेक्टर तरल भट्टले भने–‘राठीले बताएअनुसार गुजरातमा अवैध रुपमा रक्सी पठाउन उनले २७ ट्रक किनेका थिए । उनी त्यही ट्रकको सहयोगमा गुजरातमा रक्सी पठाउने गर्दथे ।'

नशाबन्दी विभागका एक अधिकारीले बताए अनुसार अवैध रक्सी पक्राउ गरेपछि अदालतले दिने आदेश अनुसार पक्राउ गरिएको रक्सीलाई खुल्ला सडकमा राखेर त्यसमाथि रोड लोडर घुमाइनेछ । बीबीसी
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget