बुधबार सुन प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार

बिहिबार सुन प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार स्थिर रहेको सुनको भाउ बिहिबार भने ५ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


साताको पहिलो दिन देखि बढेको सुनको भाउ मंगलवार १ वर्षयताकै महँगो भएको थियो । मङ्गलबार ५४ हजार कायम भएको सुन बुधबार पनि उकालो लाग्ने आशंका गरिरहँदा सुनको मुल्य स्थिर रहेको थियो तर बिहिबार महासंघको अनुसार सुन प्रतितोला ५ सयले बढेको छ । विवाहको मौसम चलिरहँदा पनि सुनको भाउ केहि मात्रामा मात्र घटबढ भइरहेको छ । विश्व बजारमा डलरको मुल्यमा देखिएको उतार चढावले सुनमा सामान्य असर परेको महासंघको दावी छ । तर चाँदीको मूल्य भने बुधबार देखि स्थिर नै रहेको छ । मंगलवार १५ रुपैयाले बढेर ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार देखि स्थिर रहँदै प्रतितोला ७ सय ३० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

news24
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget