१२ औं साग : नवयुगको ह्याट्रिकसँगै नेपालद्वारा भुटान पराजित

काठमाडौं, माघ २४ । १२ औं साग अन्तर्गत पुरुष फुटबलमा नेपालले बिजयी सुरुवात गरेको छ । नवयुग श्रेष्ठको ह्याट्रिकको मद्दतमा आइतबार नेपालले भुटानलाई ५–० को विशाल अन्तरले पराजित गरेको हो ।
भारतको गुवाहाटीमा सम्पन्न खेलमा नेपालका लागि विशाल राई र अन्जन बिष्टले थप १–१ गोल गरेका हुन् । पहिलो हाफ सम्म २–० ले अघि रहेको नेपालले दोस्रो हाफमा थप ३ गोल गरेको हो ।
नवयुगले खेलको ३३ औं, ७५ औं र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।
यसअघि बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपमा नवयुगले माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए ।
६ देश सहभागी प्रतियोगितामा नेपाल समुह ‘बी’ मा रहेको छ । समुह ‘बी’ मा नेपाल, भुटान र बंगलादेश छन् । यस्तै, समुह ‘ए’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् । समुहका शीर्ष दुई टोलीले सेमिफाईनलमा स्थान बनाउने छन् ।
नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार बंगलादेशको सामना गर्ने छ ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget