चीनले नयाँ राजदूत पठाउने

हङकङ–अमेरिकी र बेलायती राजदूत फेरिए लगत्तै चीनले पनि नेपालमा नयाँ राजदूत पठाउने प्रक्रिया अगाडि बढाएको छ। नेपालमा नयाँ सरकार बने लगत्तै ऊ चुन्ताईलाई फिर्ता गरी नयाँ राजदूत पठाउने तयारी विदेश मन्त्रालयमा भइरहेको हो।

नयाँ राजदूतको नाम टुङ्गो लागिसकेको छैन तर दक्षिण एसिया मामिलामा अनुभवी कुटनीतिज्ञलाई काठमाडौँ पठाइने सम्भावना बढी रहेको बेइजिङस्थित स्रोतले जनायो। वर्तमान राजदूत चुन्ताई नेपालमा नयाँ सरकार गठन भए लगत्तै वा कम्तिमा दुई महिनाभित्र बेइजिङ फर्कने तयारीमा छन्।

चीनको विदेश मन्त्रालय अन्तर्गत बाह्य सुरक्षा मामिला विभागको उपनिर्देशक रहेका चुन्ताई जनवरी २०१३ मा नेपालको राजदूत नियुक्त भएका थिए। बेइजिङका बाह्य सुरक्षा मामिलाका विज्ञ उनी तीन वर्षे कार्यअवधि पूरा गरी फर्कन लागेका हुन्। चुन्ताईअघि नेपालका राजदूत रहेका याङ होउलान त्यसपछि म्यानमारमा करिब डेढ वर्ष बिताएर बेइजिङ फर्किसकेका छन्।

टर्की लगायत विभिन्न कुटनीतिक मिसनमा रहे पनि राजदूतका रुपमा काठमाडौँमा चुन्ताईको पहिलो अनुभव थियो। चीनको नेपाल नीति अनुसार काठमाडौँको दैनिक राजनीतिक मामिलामा सिधै चासो नराखे पनि उनले भूकम्पपछि चीनको उद्धार र राहत परिचालनमा समन्वयकारी भूमिका निर्वाह गरेको मानिन्छ ।

संविधान घोषणासँगै नेपालको राजनीतिक कोर्ष परिवर्तन भएको र पुनर्निर्माणमा चीनले ठूलो सहयोग गरेको अवस्थामा बेइजिङले नयाँ चुनौती सामना गर्न बढी समन्वयकारी भूमिका खेल्न सक्ने कुटनीतिज्ञ काठमाडौँ पठाउन लागेको बुझिएको छ ।

काठमाडौँका चिनियाँ राजदूतसँगै बेइजिङस्थि नेपाली राजदूत पनि परिवर्तन हुनेछन्। जनवरी २०१२ मा राजदूत नियुक्त भएर बेइजिङ पुगेका महेश कुमार मास्केको कार्यअवधी अढाई महिनापछि सकिँदैछ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget