अन्ततः नाकाबन्दी गरेको भारतलाई संयुक्त राष्ट्रसंघले कारवाही गर्ने

नेपाललाई गर्न सकिने सहयोगबारे छलफल हुँदै

काठमाडौं, १४ कात्तिक । नेपालमा अघोषित नाकाबन्दी गरी मानवीय अधिकारको हनन गर्दै आइरहेको भारतलाई संयुक्त राष्ट्रसंघले कारवाही गर्ने तयारी गरेको छ ।
नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चासो राख्दै संयुक्त राष्ट्रसंघले आगामी सुरक्षा परिषद् बैठकमा भारतलाई कारवाही गर्ने विषयमा छलफल हुने जनाएको हो । हाल आफूलाई सुरक्षा परिषदमा स्थायी सदस्य दिनुपर्ने माग गरिरहेको भारतलाई अस्थाई सदस्यबाट समेत हटाउने बारेमा राष्ट्रसंघले तयारी गरेको हो ।
यद्यपी त्यसका लागि नेपालले आधिकारिक रुपमा भारतले नाकाबन्दी गरेको भनेर सुरक्षा परिषद बैठकमा जानकारी गराउनुपर्नेछ । यस विषयमा राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्रे फेल्टमेनले प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान प्रधानमन्त्री सुशील कोइरालासँग शुक्रबार टेलिफोन संवाद गर्नुभएको छ ।
राष्ट्रसंघद्धारा जारी वक्तव्यमा सुरक्षा परिषद् बैठकमा नेपालको मानवीय संकट र भारतीय नाकाबन्दीका विषयमा छलफल हुनुअघि उपमहासचिव फेल्टमेनले नेपालसँग सम्पर्क गर्नुभएको हो । फोनवार्तामा प्रधानमन्त्री ओली र निवर्तमान प्रधानमन्त्री कोइरालाले स्पष्ट जवाफ दिन नसकेको र पछि नेपालले आधिकारिक धारणा पठाउने कुरा राष्ट्रसंघलाई जानकारी गराउनुभएको थियो ।
यसपटकको सुरक्षा परिषद बैठकमा अहिलेको विषम परिस्थितीमा नेपाललाई गर्न सकिने सहयोग बारे समेत छलफल हुने जनाइएको छ ।
सुरक्षा परिषद् बैठकमा यस्ता संकटबारे छलफलहरु हुने गरेपनि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग भारतीय नाकाबन्दीका कारण परेको मानवीय समस्याबारे केही बोल्न सकेको छैन । पारवहान असहज भएको र छिमेकी भारतसँग छलफल भइरहेको मात्र भनिरहेको छ ।
यसअघि युरोपेली संघले पनि भारतलाई नाकाबन्दी खोल्न र नेपालको असहज परिस्थितीलाई सहज बनाउन निर्देशन दिइसकेको छ ।dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget