भारतले सोध्यो- चीनसँगको सम्झौताले रक्सौल-वीरगञ्ज नाका कसरी खुल्छ ?

'तेस्रो देशसँग व्यापार गर्न भारतकै बाटो चाहिन्छ'
२०७२ कार्तिक १३ गते
१३ कात्तिक, काठमाडौं । इन्धन आपूर्तिका लागि नेपालले चीनसँग गरेको सम्झौताबारे दक्षिणी छिमेकी भारत सरकारले आफ्नो कडा धारणा सार्वजनिक गरेको छ । उसले हाल रोकिएको रक्सौल, वीरगञ्ज नाका चीनसँगको सम्झौताले कसरी खुल्छ भनेर प्रश्न गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपको नियमित पत्रकार सम्मेलनका क्रममा पत्रकाहरुले नेपाल र चीनबीच भएको सम्झौताबारे प्रश्न गरेका थिए ।
उनले नेपाल र चीनबीच भएको सम्झौताबारे आफूहरु जानकार रहेको बताए । उनले नेपालले भारतबाट आपूर्ति गर्ने इन्धनमध्ये ७० प्रतिशत रक्सौल र वीरगञ्ज नाकाबाट जाने र त्यो नेपाली सीमामा भएको आन्दोलनले सो नाका बन्द रहेको बताए ।
नेपालको एक क्षेत्र र जनसंख्याको एक हिस्सा संविधानसँग सहमत नभएको र उनीहरुले भारतबाट हुने सप्लाइ रोकेको भन्दै प्रवक्ता विकासले भने- त्यो सम्झौताले कसरी रक्सौल, वीरगञ्ज खुल्न कसरी सहयोग गर्छ, हेर्नु पर्नेछ ।’
नेपालको परनिर्भरताबारे चर्चा
पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपाल र भारतको व्यापार सम्झौताका आफ्नै विशेषता भएको बताए । उनले नेपालमा तेस्रो देशबाट हुने आपूर्तिसमेत भारतबाटै हुने स्मरण गराए । साथै उनले नेपालमा हुने वैदेशिक लगानीमध्ये आधा भारतबाटै हुने समेत बताए ।
इन्धन आपूर्तिमा भारतको तर्फबाट कुनै अवरोध नभएको तर्क गर्दै उनले नेपाललाई भारतले सक्दो सहयोग गरिरहेको बताए ।
हवाइ इन्धन विमानबाट पठाउन सहयोग गरेको र एलपी ग्यासको रिरुटमा समेत सहयोग गरेको उनले बताए ।
उनले भने-‘नेपाललाई आवश्यक सामाग्री पठाउन भारतले आफ्नोतर्फबाट प्रयास गरिरहेको छ । जबसम्म रक्सौल वीरगञ्ज नाका खुल्दैन, अन्य खुलेका नाकाहरुबाट जति सकिन्छ, पठाएका छौं । नेपालको मागको ३० प्रतिशत मात्र इन्धन भारतीय आयल कर्पोरेसनले पठाउन सकेको छ ।’onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget