केपी ओलीका पछुवा, पर्शुरामका मानसपुत्र ! एमाले र राज्यलक्ष्मीकान्डबारे नयाँ खुलासा !

यी हुन् केपी ओलीका पछुवा, पर्शुरामका मानसपुत्र !
विद्या भण्डारीले के गरिन् गोल्छा परिवारको २५ लाख ?
२०७२ कार्तिक १३
१३ कात्तिक, काठमाडौं । तस्वीरमा देखिएका पिताम्बर टि-शर्टधारी व्यक्ति हुन् प्रधानमन्त्री केपी ओली । उनका पछाडि नीलो टी-शर्ट लगाएर कम्मरमा राइफलको म्यागाजिन भिरेजस्तै देखिने गरी पटुका बाँधेका अर्का व्यक्ति ओलीका सेक्युरिटीगार्ड होइनन् । उनी ओलीका पछुवा कार्यकर्ता एवं युवा संघका उपाध्यक्ष गोविन्द थापा हुन्, जसले ओलीको नाम भँजाएर राज्यलक्ष्मी गोल्छासँग करिब १ करोड रुपैयाँ उठाइसकेका छन् ।
एमालेको अत्याचार
एमाले सांसद राज्यलक्ष्मी गोल्छाको भनाइलाई पत्याउने हो भने उनलाई बिराटनगरबाट काठमाडौं आए ज्यान मार्ने धम्की दिने व्यक्ति अरु कोही नभएर युवा संघकै कार्यकर्ता हुन् । र, एउटी उद्यमी एवं एकल महिलालाई धम्क्याएर बारम्बार करोडौं रुपैयाँको लुट मच्चाउनेहरु यतिबेला एमालेभित्रै छाती फुलाएर हिँडिरहेकै छन् ।
एमालेका नेता-कार्यकर्ताहरुमा भ्रष्ट र अनैतिकमात्रै होइन, फासीवादी चरित्रसमेत देखा पर्न थालेको छ । यसको परिणामस्वरुप राज्यलक्ष्मी गोल्छाले शीतलनिवासदेखि सिंहदरबारसम्म एमालेको दबदबा भएका बेला न्याय पाउनुको साटो देशबाटै पलायन हुने बाटो रोज्ने स्थिति सिर्जना हुन लागेको छ ।
मोरङका चर्चित उद्योगपति स्व. महेन्द्र गोल्छाकी धर्मपत्नी हुन् एमाले सांसद राज्यलक्ष्मी गोल्छा । भारतको तमिलनाडूका पूर्वमुख्यमन्त्रीकी छोरीसमेत रहेकी राज्यलक्ष्मी नेपालकी बुहारी हुन् । उनको माइतीघरमा उनका पितालाई भेट्न भारतीय अभिनेता अभिताभ बच्चासमेत जाने गर्थे ।
नेपालका सफल उद्यमी महेन्द्र गोल्छासँग वैवाहिक सम्बन्ध कायम भएपछि राज्यलक्ष्मी नेपालकी बुहारी बनिन् । महेन्द्र बिते, तर एकल महिलाका रुपमा राज्यलक्ष्मीले गोल्छा अर्गनाइजेसनलाई धानेर उद्यम गर्दै आएकी छिन् ।
भारतको प्रतिष्ठित परिवारमा हुर्किएकी नेपालकी बुहारीले हाम्रोजस्तो कमजोर औद्योगिकरण भएको देशमा गरिरहेको उद्यम एवं पूर्वीनेपालमा उनले पुर्‍याइरहेको समाज सेवाको कदर देशले गर्न सकेन । उल्टै सत्तारुढ दल एमालेका नेता कार्यकर्ताले आफूलाई ठूलो अन्याय गरेको भन्दै राज्यलक्ष्मीले आँशु खसाल्नुपर्ने स्थिति उत्पन्न भएको छ अहिले ।
राज्यलक्ष्मीको आँशुले एमालेका नेताहरुलाई अहिलेसम्म पोलेको छैन । उनीहरु शीतलनिवास र बालुवाटारमा भोज खाइरहेका छन् । राज्यलक्ष्मीले आरोपित गरेका मानिसहरुमाथि छानविन गर्ने छाँटकाँट एमालेले देखाएको छैन ।
नेपालको औद्योगिकरणमा गोल्छा परिवारको निकै ठूलो योगदान रहँदै आएको छ । भारतबाट चामल आयात गर्नुपरिरहेको र उद्योगधन्दाहरु चौपट हुँदै गइरहेको अवस्थामा गोल्छा परिवारले सञ्चालन गरेको चामल उद्योग होस् या भूकम्प पीडितका लागि हुलास जस्तापाताको उद्योग नै किन नहोस्, गोल्छा परिवारको योगदानले नेपालको अर्थतन्त्रमा योगदान गरेकै छ ।
तर, एमाले नेता कार्यकर्ताले राज्यलक्ष्मीमाथि गरेको आर्थिक एवं फौजदारी अपराधले नेपालको सिंगो मारवाडी समुदाय एवं उद्योगी व्यवसायीहरु निराश एवं हतोत्साही बनेका छन् ।
यतिखेर केपी ओलीको नेतृत्वमा एमालेको शासन सिंहदरबारदेखि शीतल निवाससम्म फैलिएको छ । यस्तो बेलामा राज्यलक्ष्मीलेजस्तै अरु कति उद्योगपतिहरुले एमालेको ‘डनगिरी’ सहनुपर्ने हो, कति नयाँ पर्शुराम बस्नेत र गोविन्द थापाहरुको जन्म हुने हो, अहिल्यै भन्न सकिने अवस्था छैन । तर, यतिचाँहि भन्न सकिन्छ कि एमालेबाट पीडित बनेकी राज्यलक्षीले कमसेकम ओली सरकारको पालामा न्याय पाउने खासै गुञ्जायस देखिँदैन ।
को हुन् गोविन्द थापा ?
केपी ओलीकै गृहजिल्ला झापा घर भएका गोविन्त्द थापा केपी ओलीका निकट मानिन्छन् । थापाले आफूसँग करिब १ करोड रुपैयाँ लगेको राज्यलक्ष्मीले गुनासो पोखेकी छिन् ।
ओलीकै जोडबलमा उनलाई युवासंघको सचिवबाट उपाध्यक्षसम्म बनाइएको हो । राज्यलक्ष्मी गोल्छाले थापाबाट कति दुख पाइयो र आफूले उनलाई कति रुपैयाँ दिनुपर्‍यो भन्ने पत्रकार सम्मेलनमार्फत बनाइसकेकी छिन् ।
सम्पत्ति शुद्धीकरणको मुद्दा खेपेका एवं अदृश्य आर्थिक क्रियाकलापमा संलग्न रहेको आरोप लागेका पर्शुराम बस्नेतले नै थापालाई राज्यलक्ष्मी गोल्छासँग चिनजान गराएका हुन् । बदनाम पर्शुरामलाई एमालेले अहिलेसम्म युवा संघको जिम्मेवारी दिँदै आएको छ । उनले आफ्ना सहयोगीमार्फत मोरङमा खोला ठेक्का हात पारेका छन् ।
यतिबेला थापालाई पर्शुराम बस्नेतको उत्तराधिकारी एवं मानसपुत्रका रुपमा हेर्न थालिएको छ । जानकारहरुका अनुसार प्रधानमन्त्री केपी ओलीले नै थापाको संरक्षण गरेकाले राज्यलक्ष्मीमाथि उनले गरेको अन्यायमाथि सुनुवाइ हुने अवस्था छैन ।
विद्या भण्डारीले कहाँ लगिन् २५ लाख ?
राज्यलक्ष्मीले एमालेलाई आफ्नो राजीखुशीले विभिन्न चरणमा १ करोड ६५ लाख रुपौयाँ दिएको खुलासा गरेकी छिन् । तर, अनिच्चछापूर्वक विभिन्न व्यक्तिले ७ करोडभन्दा बढी पैसा लगेको उनको गुनासो छ । यसक्रममा विद्या भण्डारीलाई २५ लाख दिएको राज्यलक्ष्मीले बताएकी छिन् ।
आफूले विद्याकै नाममा चेक काटेर दिन खोजेको तर, उनले नमानेको राज्यलक्ष्मीको भनाइ छ । विद्या यतिबेला राष्ट्रपति बेनकी छिन् । राज्यलक्ष्मी एक निरीह नागरिक हुन्, उनको आरोपमाथि कसले छानविन गर्ला ? काठमाडौंको चपली भद्रकालीमा विद्या भण्डारीको घर बनिरहेको छ, उनको आर्थिक स्रोत केही पनि छैन ।
माधवका नाममा गंगालालले झ्वाम ?
राज्यलक्ष्मीका अनुसार माधव नेपालले मागेको भन्दै गंगालाल तुलाधरले उनीबाट १० लाख रुपैयाँ लगेका छन् । तर, माधव नेपालले सो रकम आफूसम्म आइनपुगेको बताएका छन् ।
गोकर्णको खातामै १० लाख ?
राज्यलक्ष्मीले आफ्नो नाम मुछेकोमा आफू स्तब्ध भएको एमाले सचिव गोकर्ण विष्टले बताएका छन् । तर, पत्रकार सम्मेलनमा गोल्छाले भनेकी छिन् कि विष्टले आफ्नो पिताको किरिया बसेका बेला उनलाई फोन गरेर पैसा मागेका थिए, र गोल्छाले उनको खातामा १० लाख हालिदिएकी थिइन् ।
एमाले नेतालाई दिएको पैसाको आफूसँग प्रमाण रहेको गोल्छाको दाबी छ । तथापि पत्रकार सम्मेलनको भोलिपल्ट उनले ईश्वर पोखरेल र गोकर्ण विष्टलाई केही नभनेको भन्दै बोली सच्याएकी छिन् ।
झलनाथको धम्की र ‘ब्ल्याकमेलिङ’ ?

एमालेका पूर्वअध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राज्यलक्ष्मीलाई आफूले व्यक्तिगतरुपमा नचिनेको स्पष्टीकरण दिइसकेका छन् । तर, राज्यलक्ष्मीले खनालमाथि लगाएको आरोप असामान्य एवं संगीन प्रकारको छ ।
सभासद बनाउने बेलामा झलनाथ र गंगाधरले ५ करोड मागेको, महेस रेग्मीकै अगाडि झलनाथले फोन गरेर दुई करोड रुपैयाँ दिन धम्की दिएको र इलामका राई थरका भाइ मार्फत् झलनाथले चुनावका बेला पटक-पटक पैसा लगेको राज्यलक्ष्मीको भनाइ छ । अन्ततः गंगाधर तुलाधरले माधव नेपालको नाम लिएर १० लाख उम्काएको गोल्छाको भनाइबाट खुलेको छ ।
‘ओलीकै अगाडि पैसा मागियो’
राज्यलक्ष्मी गोल्छाको वयानअनुसार झलनाथले पैसा मागेर दुःख दिए पनि केपी ओली र माधव नेपालले पैसा मागेका छैनन् । तर, राजविराजका सुमन प्याकुरेलको घरमा केपी ओली गएका बेला विनोद ढकालले बार्गेनिङ गरेर ५० लाख मागेका थिए । त्यसबेला ओली पक्षमा सांसद ऋषि पोखरेलले गोल्छाबाट १० लाख लगेको उनले बताएकी छिन् । ओली पक्षका नेताले आफूबाट ५/५ लाख लगेको गोल्छाले बताएकी छिन् ।
एमाले नेताहरुले आफूबाट लगेको रकमको लिखित प्रमाण आफूसित रहेको गोल्छाको भनाइ छ ।
कसले कति उम्काए ?

युवा संघको अन्तरक्रिया कार्यक्रममा गोविन्द थापा
राज्यलक्ष्मी गोल्छाबाट पटक-पटक धम्की दिएर पैसा उठाउनेमा केपी ओली पक्षका नेता कार्यकर्ताको बाहुल्य देखिएको छ । गोल्छाका अनुसार केपी ओलीका पछुवा गोविन्द थापाले १ करोड र निरु पाल लगायतले ६२ लाख लगेका छन् ।
के अब नेकपा एमालेले यस्तो गम्भीर आर्थिक अपराधका विषयमा छानविन गर्ला ? गोल्छाबाट अनिच्छापूर्वक करोडौं रकम लिने आफ्ना अगुवा-पछुवाहरुलाई प्रधानमन्त्री केपी ओलीले कारवाही गर्लान् ? यो भविश्यले नै बताउला । तर, राज्यलक्ष्मीबाट पैसा मागेको छैन वा उनलाई चिनेको छैन भनेर एउटा वक्तव्य निकालेर उम्किने अवस्था छैन ।onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget