जहाजका जस्तै आरामदायी सिट सहित इन्टरनेट र हिटर जडित बस सेवा सञ्चालन


कञ्चनपुर, ११ कात्तिक । महाकाली–सेती यातायात व्यवसायी समिति कञ्चनपुरले मङ्गलबारदेखि महेन्द्रनगर–काठमाडौँ रुटका लागि इन्टरनेट सुविधासहितको आरामदायी बस सेवा सञ्चालनमा ल्याएको छ ।

समितिका अध्यक्ष नवीन भट्टले ३७ सीट क्षमताको सो बसका सिटहरु जहाजका जस्तै आरामदायी हुने जसमा द्रुत गतिको इन्टरनेट सेवा र हिटर समेत जडान हुने बताए । समितिको पहलमा गत महिना गड्डाचौकी नाकाबाट ना४ख ९५०२ र ना४ख ९४९८ नम्बरका गाडी भित्र्याइएका थिए । अध्यक्ष भट्टले तिहारपछि अन्य आठवटा बस ल्याइने बताए ।

समितिका महासचिव विष्णुप्रसाद कँडेलले निकट भविष्यमा महेन्द्रनगरदेखि काकँडभिट्टा र दार्चुलासम्म ‘डिलक्स’ बस सेवा सञ्चालन गरिने जानकारी दिए । समितिले यसअघि महेन्द्रनगरदेखि काठमाडौँसम्म वातानुकुलित बस सञ्चालन गर्दै आएको छ ।etajakhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget