पेट्रोल लिन ट्याङ्करसहित प्रतिनिधिमण्डल केरुङ प्रस्थान

पेट्रोल लिन ट्याङ्करसहित प्रतिनिधिमण्डल केरुङ प्रस्थान
काठमाडौँ, १३ कात्तिक / चीनबाट प्राप्त हुने अनुदानको पेट्रोल लिन सीमा नाका केरुङतर्फ नेपाल आयल निगमको नेतृत्वमा एक प्रतिनिधि मण्डल प्रस्थान गरेको छ ।
चीनले अनुदानस्वरुप उपलब्ध गराउन लागेको पेट्रोल शनिबार साँझसम्म नेपाल–चीनको केरुङ नाकामा आइपुग्ने भएपछि पेट्रोल लिन १२ वटा ट्याङ्करसहित आज बिहान निगमका प्रवक्ता दीपक बरालसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको एक हजार टन (१३ लाख लिटर) पेट्रोलको पहिलो ‘लट’ शनिबार केरुङ आइपुग्न लागेको हो ।
ल्हासास्थित महावाणिज्यदूत हरि बस्यालले चीन सरकारबाट उपलब्ध गराउन लागिएको पेट्रोल जतिसक्दो चाँडो नेपाल पठाउन आग्रह गरेअनुसार चिनियाँ पक्षले शनिबार केरुङ पु¥याउन लागेको जानकारी दिनुभयो ।
भारतको अघोषित नाकाबन्दीका कारण चर्को इन्धन सङ्कट भएपछि विकल्पका रुपमा सरकारले चीनबाट आयात गर्न लागेको हो । पहिलो लटमा उपलब्ध गराउने पेट्रोल लिन १२ हजार लिटर बोक्ने १२ वटा ट्याङ्कर केरुङ गएको निगमका प्रवक्ता दीपक बरालले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार शनिबार नै नेपाली ट्याङ्कर ‘लोड’ हुनेछन् । सो टोलीमा सहभागी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्वप्रसाद अर्यालका अनुसार १२ वटा ट्याङ्करले पहिलो लटमा एक लाख दुई हजार लिटर पेट्रोल ल्याउनेछ ।
टोलीमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष खगेश्वर बोहरा र महासचिव अर्याल, नेपाल पेट्रोलिय डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानसमेत सहभागी हुनुहुन्छ ।/purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget