इजिप्टमा दुर्घटनाग्रस्त रसियाली विमानमा सवार २०० बढी यात्रु मृत फेला

 इजिप्टमा दुर्घटनाग्रस्त रसियाली विमानमा सवार २०० बढी यात्रु मृत फेला
कायरो, १४ कात्तिक । रसियाली एक विमान इजिप्टको सिनाई प्रायद्वीपमा शनिबार दुर्घटनाग्रस्त भएको विमान यात्रारत कम्तिमा २०० जनाको मृत अवस्थामा उद्दार गरिएको यहाँको सुरक्षा स्रोतले जनाएको छ । सो विमानमा सात चालक दलका सदस्य सहित २१७ जना यात्रु रहेका इजिप्टको प्रधानमन्त्री कार्यालयले शनिबारे जानकारी दिएको छ । सिनाई प्रान्त पछिल्लो समयमा द्वन्द्वग्रस्त प्रान्त हो ।
इजिप्टको सराम अल सेख विमानस्थलबाट उडेको सो विमान रसिया जादै गरेको थियो । रसियाको सेन्ट पिटसबर्गका लागि सो विमान उडेको र २३ मिनेटपछि सम्पर्क विच्छेद भएको बताइएको छ । रसियाली विमान सेवा कोगालिमावियाको ए ३२१ नम्बरको सो एयर बस स्थानीय समयअनुसार शनिबार बिहान ५.५१ बजे उडेको थियो ।
प्रारम्भिक समाचारअनुसार विमानका धेरैजसो यात्रु रसियाली नागरिक रहेका थिए । नाम गोप्य राख्ने शर्तमा विमान र यात्रुको बारेमा समाचार लिन दुर्घटनास्थलसँग सम्पर्क भइरहेको जनाउदै एक प्रहरीले बताए, “विमानमा सवार प्राय सवै जीवित रहनसक्ने झिनो आशा रहेको छ । रसियाली विदेश मन्त्रालयले आकस्मिक उद्वारका साथै उक्त दुर्घटनाका बारेमा थप अनुसन्धान गर्नसुरक्षाकर्मी र विज्ञहरुको विशेष समूह गठन गर्न आदेश दिइसकेको छ ।
विमानको थप जानकारी प्राप्त गर्न सरकारीे प्रयास तथा अनुुसन्धान जारी रहेको बताइएकोे छ । – सिन्ह्वा

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget