के प्रचण्डको नयाँ रणनीतिले काम गर्ला !


काठमाडौं ।
भारतले नाकाबन्दी खोल्ने कुनै संकेत नगरेपछि सत्तारुढ गठबन्धनको संयोजनकारी भूमिकामा रहेका एमाओवादी अध्यक्ष प्रचण्ड सबैभन्दा बढि दवावमा छन् । चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्ने तर भारतलाई साइजमा भने ल्याउनै पर्ने भित्री रणनीतिमा देखिएका प्रचण्डले राष्ट्रपतिमा भारतले मन पराएको उम्मेदवार ल्याउने प्रयास असफल भएपछि अव सरकारीतहमा भन्दा पनि भारतका जनता र राजनीतिक दलस्तरमा जानु पर्ने मनस्थितिमा पुगेका छन् । यसै रणनीति अनुसार प्रचण्डले विहीबार बालुवाटार बैठकमा भारतसँग ट्र्याक टू वार्ता गर्ने रणनीति अघि सारेका हुन् ।

भारत र चीन सन्तुलन राख्न खोज्दै प्रचण्डः छायाँमा पर्दै ओली

संविधान जारी गर्ने मिति तय भएपछि काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुत जयशंकरलाई कडा भाषा बोलेर दिल्ली पठाएका प्रचण्डले सर्वजनिक भाषणमा पनि भारतको एसम्यान बन्न नसक्ने स्पष्ट पारेका थिए । तर आफ्नो अभिब्यक्तिकै कारण भारतसँगको सम्बन्ध पुरै नविग्रोस् भन्नेमा उनी सचेत देखिएका छन् ।

फाइल तस्बिर
फाइल तस्बिर
ओली सरकार पनि प्रचण्डले भारतविरोधी मोर्चाकोरुपमा बनाएको र राष्ट्रपतिमा पनि रामबरणलाई निरन्तरता दिने वा खिलराजलाई बनाउने भन्ने लाइनमा कुरा नमिलेपछि प्रत्यक्ष राजनीतिक वार्ता भन्दा फरक शैलीमा अघि बढ्ने तयारीमा प्रचण्ड छन् । आफू स्टेरिङ कमिटिमा बसेर चलाएको सरकारलाई असफल नै पार्ने गरी भारतले नाकाबन्द कायम राखेपछि चीनसँग इन्धन आपुर्ति सम्झौता गराएर केही हद सम्म भारतलाई दवाव दिएका प्रचण्डले अव नेपालमा ब्यापार गरिरहेका भारतीय ब्यापारी, उद्योगी र भारतीय जनताको तहबाट सरकारलाई दवाव दिने ‘ट्र्याक टु’ संवादको रणनीति अघि बढाउन खोजेका हुन् ।

के योजनामा छन् प्रचण्ड

आफ्नै देशको नाकाबन्दीका कारण नेपालमा खरवौंको घाटा ब्यहोरिरहेको भारतीय आयल निगम, भारतका विभिन्न कम्पनी तथा नेपालमा ब्यापार गरिरहेका ठूला ब्यापारीलाई समेत भारतलाई दवाव दिन प्रयोग गर्ने प्रचण्डको रणनीति देखिन्छ । यसका लागि पहिले नै माहौल तयार भैसकेको उनको बुझाइ छ । भारतीय नाकाबन्दीले ठूलो नाफा गर्ने भारतीय उद्योगहरु समेत बन्द हुने अवस्थामा पुगेका छन् भने भारतीय ट्याङ्कर ड्राइभरहरु भारतीय बाणिज्य दुताबासमा धर्ना बसेको समाचार यस अघि नै आइसेकेको छ ।





नयाँ सरकारका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले भारतीय नेताहरूसँग छलफल गर्दा पनि नाकाबन्दीलाई भारतले सहजीकरण नगरेपछि ट्र्याक टू संवाद थाल्नुपर्ने निष्कर्षमा पुगिएको प्रचण्डले उच्चस्तरीय राजनीतिक समन्वय समितिमा बताएका थिए । उनले नेपालको नयाँ संविधानका राम्रा पक्ष उजागर गर्दै नेपालमा लगाइएको नाकाबन्दीको विपक्षमा रहेको भारतीय जनमतलाई साथ लिनु पर्ने रणनीति अघि सारेपछि बैठकले उक्त प्रस्ताव पारित नै गरेको थियो ।

मधेशप्रति नरमः भारतलाई दवाव

प्रचण्ड नेतृत्वको समितिले मधेशका आन्दोलनरत दलहरुप्रति नरम रबैया अपनाउने तर नाकाबन्दी गरिरहेको भारतप्रति भन दवाव सृजना गर्ने रणनीति लिएको छ । तराई मधेसमा भएको आन्दोलनका क्रममा मुद्दा लगाइएका आन्दोलनकारीका मुद्दा फिर्ता लिन, घाइतेको उपचार गर्न र मृतकलाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन बैठकले सरकारलाई सिफारिस समेत गरेर मधेश आन्दोलनप्रति आफूहरु संवेदनशील रहेको तर भारतीय अनावश्यक दवाव सामू नझुक्ने सन्देश प्रचण्डले दिन चाहेको देखिन्छ । भारत नेपालसँग ३ तिरबाट सीमाले घेरेको मुलुक हो । भारतलाई साइजमा राख्न सक्ने खुवी नभएसम्म भारतसँग निहुँ मात्र खोजेर नहुने कुरा प्रचण्डले राम्रै बुझेका छन् ।

भारतीय जनस्तरमा प्रचण्ड

प्रचण्डको पार्टी भएपनि आफू कुनै सत्ताको पदमा छैनन् । उनी संसदको तोश्रो ठूलो दलको नेता मात्र हुन् । तर प्रचण्डले बोलेका हरेक कुरा भारतीय सञ्चार माध्यममा ठुला हेडलाइन बन्ने गरेका छन् । संविधान बन्ने प्रक्रिया शुरु हुनु अघि प्रचण्ड भारत गएको समयमा होस वा त्यसपछि उनले नेपाल आएर बोलेका कुरा हुन्, हरेक पटक उनी भारतीय मिडियामा छाइरहेका देखिन्छन् । भारतले नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भारतीय पक्षसँग कुनै वार्ता नगरेपनि प्रचण्डले अमेरिकामा रहेका प्रधानमन्त्री मोदीलाई फोन गरेर नाकाबन्दी खोल्न भनेका थिए । भारतीय जनस्तरमा समेत प्रचण्डले हाइ हाइ पाएको उनले केही समय अघि गुजरात भ्रमण गर्ने क्रममा देखिएको थियो ।


गुजरात भ्रमणका क्रममा प्रचण्ड
आफूलाई चिन्ने भएका कारण पनि नाकाबन्दी खुलाउनका लागि भारतीइ जनस्तरको दवाव दिन चाहेको बुझिन्छ । यद्यपी उनको पछिल्लो रणनीति सफल हुन्छ वा हुँदैन त्यो हेर्न भने केही समय कुर्नै पर्ने देखिन्छ ।nepaliheadline
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget