सरकारले अनुमति दिए उद्योगीले ५ दिनमै ग्यास छेलोखेलो पार्ने

काठमाडौं – ग्यास उद्योगीले खासाबाट ३० किलोमिटर चीनतर्फको दूरीको नालमबाट ग्यास ल्याउन सक्ने प्रस्ताव गरेका छन् । उद्योगीले वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई बुधबार भेटेर चीनबाट तत्कालै ग्यास ल्याएर उपत्यकामा वितरण गर्न सक्ने कार्ययोजना पेस गरेका हुन् ।

चीनको नालमबाट ग्यास ल्याउनेबारे विस्तृत अध्ययन नै सम्पन्न गरिएको ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । सरकारले अनुमित दिए पाँच दिन मै उपत्यकामा ४० देखि ४५ हजार सिलिन्डर उर्तान सक्ने व्यवसायीको दाबी छ ।

‘चीनको नालमबाट प्रत्येक साता ४० देखि ४५ हजार सिलिन्डर ग्यास ल्यानेबारे हामीले अध्ययन गरेका छौं,’ ग्यास उद्योग संघका अध्यक्ष घिमिरेले भने,‘सरकारले अनुमति दिए पाँच दिनमै भरिएका ग्यास सिलिन्डर ल्याएर उपभोक्तालाई वितरण गर्नेछौं ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget