मधेसी मोर्चामा राजेन्द्र महतो ‘ओभर’ हुन थालेपछि उपेन्द्र र अशोक राईको कडा चेतावनी

जनकपुर, १५ कात्तिक । मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको जनकपुरमा जारी बैठकमा चीनको बिरोधलाई लिएर विवाद उत्पन्न भएको छ ।
बैठक स्थलमा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई छिरेपछि मोर्चाका नेताबीच चर्काचर्की नै भयो । जनकपुरको स्टार सिटी होटलमा शनिवार साँझदेखि जारी बैठकको शुरूमै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकांश जिल्लामा चिनको विरोधमा प्रदर्शन भएको र केही ठाउँमा चीनको झण्डा समेत जलाईएको प्रकरणमा विरोध गर्दै यस्तो कार्यको कडा आलोचना समेत गरेको बैठकमा सहभागी एक नेताले बताएका थिए ।
मोर्चाको बैठकमा चीनको पक्षमा उपेन्द्र यादवले बोलेपछि मोर्चाका अन्य घटकहरू तमसपाका महेन्द्र राय यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यसको विरोध गरेका थिए ।
नाकाबन्दी असफल पार्न चीनले इन्धन आपूर्ति गर्न लागेको भन्दै मधेशको अधिकांश जिल्लामा ब्याक अफ चाईना भन्दै चीनको विरोधमा प्रदर्शन भएको थियो । चीनले काठमाडौंलाई ईन्धन दिने सहमति गरेपछि मोर्चामा आबद्ध महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवले पत्रकार सम्मेलन गरेरै चिनियाँ सरकारको विरोध गरेका थिए । बिरगंजमा रहेका तीनै नेताले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर चिनियाँ सरकारको विरोधमा भाषण गरेका थिए ।
शनिवार साँझ जनकपुरमा सुरू भएको मोर्चाको बैठकमा अन्य एजेण्डा छोडेर शुरूमै चिनियाँ विरोधको प्रसंग उठेपछि बैठकमा केही बेर निकै तनाव भएको थियो । फोरम नेपालका वरिष्ठ नेता अशोक राईले मोर्चाको तर्फबाट चीनको विरोध भयो भने आफ्नो पार्टी मोर्चामा नबस्ने चेतावनी दिएका थिए । राईको कुरामा पार्टी अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नो समर्थन जनाएको बैठकमा सहभागी तमसपाकी रानी शर्माले बताए ।
उपेन्द्र यादव र अशोक राईको कुरामा पहिले महेन्द्र यादव र पछि राजेन्द्र महतोले विरोध गरेका थिए । यी दुबै नेताले मधेशमा चिनियाँ विरोधलाई स्वाभाविक रूपमा लिन र यस विषयलाई बैठकको एजेण्डा नबनाउन बारम्बार आग्रह समेत गरेका थिए । बैठक पछि महेन्द्र यादवले ुमधेसमा चीनको विरोध हुनु स्वाभाविक भएको र मधेसी जनताले आफ्नो आक्रोश व्यक्त गरेको प्रतिक्रिया दिए । तर उपेन्द्र र अशोक राई नमानेपछि मोर्चाको बैठक शनिवार बिना औपचारिक एजेण्डामा प्रवेश गरि स्थगित भएको थियो ।
बैठकमा सहभागी तमलोपा महासचिव जितेन्द्र सोनलले पनि विरोधको नाममा कुनै देशको झण्डा जलाउने कार्यको पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका थिए । बैठकमा तमलोपा पनि फोरम नेपालको पक्षमा उभिएको सोनलले बताए ।dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget