पुनले उपराष्ट्रपति पदमा हारे एमाओवादीले सरकार छाड्ने


काठमाडौं – एमाओवादीले एमालेका केही नेताले चाहे जसरी उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’ को सट्टा अर्को उम्मेदवार दिन नसक्ने बरु पुन पराजित भएमा सरकार नै छाड्ने निष्कर्ष निकालेको छ ।




एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले उपराष्ट्रपतिमा पुनको सट्टा साना दलका तर्फबाट मधेसी वा थारुको प्रतिनिधित्व हुनेगरी उम्मेदवारी दिनुपर्ने धारणा राखेपछि एमाओवादी स्थायी समितिले यस्तो अडान राखेको हो । शुक्रबार बिहान बसेको स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकालेपछि बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको उपराष्ट्रपतिमा पुनको विकल्प दिन नसक्ने जानकारी गराएका थिए । शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म हुने उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट पुन र प्रतिपक्षी दल कांग्रेसका तर्फबाट अमियकुमार यादव प्रतिस्पर्धी छन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार र शुक्रबार बिहान बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा समेत पुनको सट्टा अर्को उम्मेदवार दिनुपर्ने धारणा राखेको स्रोतले बतायो । एमाले नेतृत्व उपराष्ट्रपति मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा संयुक्तलगायत साना पार्टीलाई दिनुपर्ने पक्षमा छ ।
एमाओवादी स्थायी समिति सदस्य एवं सार्वजनिक लेखा समितिको सभापति जनार्दन शर्माले उपराष्ट्रपति थारु वा मधेसी हुनु राम्रो भएको तर त्यसको प्रारम्भ राष्ट्रपति उम्मेदवार चयनबाटै हुनुपर्ने बताए । उनले भने,‘उपराष्ट्रपति पदमा पासा निर्वाचित नभएमा पार्टीका तर्फबाट मन्त्री भएका आठै जनाबाट एकसाथ सत्ता परित्याग हुनेछ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget