वार्ताको औचित्य सकियो, चीनको नाका पनि रोक्छौं : राजेन्द्र महतो

सुभाषप्रसाद साह
१३ कात्तिक, बारा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारसँग वार्ताको औचित्य समाप्त भएको बताएका छन् । उनले अब मधेसको माग आन्दोलनबाट पुरा गर्ने समेत बताए ।
बाराको महागढीमाई नगरपालिकामा शुक्रबार जनजागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष महतोले भने-‘बिगतमा गरिएको सहमति सम्झौता कार्यन्वयन गर्नका लागि पटक-पटक बार्तामा बसेपनि तीन दलले मधेसको माग सम्बोधन गर्ने पक्षमा छैनन् ।’
मधेसको माग अब बार्ताबाट नभई आन्दोलनबाटै सम्बोधन हुने भन्दै उनले आन्दोलन तथा नाकाबन्दी आन्दोलनलाई अझ शसक्त बनाउने बताए । ‘जे हुन्छ अब आन्दोलन र नाकाबन्दीबाटै हुन्छ’ महतोले भने ।
भारतबाट कुनै पनि समान ल्याउन नदिएपछि सरकारले चीनबाट मगाउने सुनेको भन्द्यै उनले भने-यदि त्यो हल्ला सही हो भने नेपाल र चीनको नाकामा पनि मधेसी मोर्चाले नाकाबन्दी आन्दोलन गर्छ ।’
मधेशी मोर्चामा रहेका बिभिन्न दलहरुको बैठक बसेर आदीबासी, जनजाती लगायतको सहयोगमा नेपाल र चीनको नाकामा नाकाबन्दी आन्दोलन गर्ने उनले बताए ।
महतोले मधेसको माग सम्बोधन गर्ने पक्षमा नरहेका मधेस बिरोधीहरुले आन्दोलनलाई बदनाम गराउन खोजेको आरोप उनले लगाए । उनले भने-‘मधेस बिरोधीहरुले मधेसको माग सम्बोधन गर्न चाहेका छैनन् । तर, हामी मान्नेवाला पनि छैनौं । जे जसरी हुन्छ मधेशको माग हरहालतमा सम्बोधन गराएरै छोड्छौं ।’
सद्भावना उपाध्यक्ष एवं पुर्व सभासद शिवचन्द्र कुश्वाहाले अधिकारको लागि भएको आन्दोलनमा जनताको सहभागिता देखेर सरकार आतिएको बताए ।onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget