पूर्वराष्ट्रपति यादव किन आफ्नै घरमा गएनन् ? यस्तो छ खासकारण

काठमाडौँ, १३ कात्तिक । बिहीबारबाट शितलनिवास छाडेका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई सरकारले घर किनिदिएको विषयमा बिभिन्न टिकाटिप्पणी भइरहेको बेला उनी आफ्नै घर नजानुको खासकारण खुलासा भएको छ ।
राष्ट्रपति निकट स्रोतका अनुसार, आफ्नो पारिवारिक अवस्थाका कारण उनी आफ्नै घर नगएका हुन् । राजधानीको बागडोलमा डा. यादवको आफ्नै घर छ । तर, तीन आना क्षेत्रफलमा बनेको सो घर निकै सानो भएको बताइएको छ । उक्त घरमा दुई वटामात्रै सुत्ने कोठा छन् भने गाडी पार्किङ गर्नका लागि पनि पर्याप्त ठाउँ छैन् ।
छोरी अनिता यादवको नाममा रहेको उक्त घरमा दुईवटा बालबालिका भएको सानो परिवार मात्र बस्न उपयुक्त भएका कारण डा. यादव त्यहाँ नगएका हुन् । अर्कोतर्फ गत वैशाखमा गएको भूकम्पका कारण उक्त घरमा समेत क्षति पुगेको छ । जहाँ राष्ट्रपति बनिसकेका यादवले रात बिताउन निकै अप्ठेरो छ ।
राष्ट्रपति बनिसकेपछिको ओज र सुरक्षा लगायतका कारण हेरेर डा. यादवकै आग्रहमा उनलाई ललितपुरको भैंसेपाटीमा सुविधायुक्त घर किनिएको हो । डा. यादव बिहीबार नै भैसेपाटीको सरकारले उपलब्ध गराएको घरमा सरिसकेका छन् ।
सरकारले आवास र भीआइपी सुविधा दिएपछि सामाजिक सञ्जाल र संचारमाध्यममा डा. यादवका बारेमा नकरात्मक टिप्पणी भएको थियो । तर, यस विषयमा उनको निजी सचिवालयले चासो देखाउँदै दुःख प्रकट गरेको छ । डा. यादवको निजी सचिवालय स्रोतले दैनिक नेपालमा पठाएको इमेलमा पूर्वराष्ट्रपतिको पदीय मर्यादा र बाध्यतालाई बुझिदिन पनि अनुरोध गरिएको छ ।dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget