देशभरका नाकाहरुबाट ९० बढी ट्रक इन्धन भित्रियो, वीरगन्ज ठप्प

काठमाडौं(जिल्ला व्यूरो),कार्तिक १३ । भारतको अघोषित नाकाबन्दीका कारण भन्सार नाकाहरुबाट पर्याप्त मात्रामा इन्धनलगायत दैनिक उपभोग्य वस्तुको आयात हुन सकेको छैन ।
मागअनुरुप भारतीय आयल कर्पोरेसनले इन्धन नभर्दा पर्याप्त इन्धन आपूर्ति हुन नसकेको हो ।
विराटनगरको रानी–जोगबनी नाकाबाट पेट्रोलियम पदार्थ बोकेका ६४ वटा ट्यांकर नेपाल प्रवेश गरेका छन् । जसमा पेट्रोलका ८ र डिजेलका ५२ र ग्यासंका ४ वटा बुलेट रहेका छन् ।
झापाको काँकडभिट्टा–पानी ट्यांकी नाकाबाट शुक्रबार विहान २ ट्यांकर डिजेल सहित ११ बटा मालबाहक सवारी नेपाल भित्रिएका छन् ।
बिहीबार रातिसम्ममा ६८ मालवाहक सवारी नेपाल प्रवेश गरेका छन् । जसमा ११ ट्यांकर डिजेल, २ ट्यांकर पेट्रोल, एक ट्यांकर हवाइ इन्धन र एक ट्यांकर मट्टितेल रहेका छन् ।
यस्तै नेपालगन्ज–रुपैडिहा नाकाबाट जम्मा ९५ मालबाहक गाडी नेपाल भित्रिएकोमा १० ओटा डिजेलका ट्यांकर रहेका छन् ।
यसैगरी भैरहवा–सुनौली नाकाबाट आज विहान मालबाहक सवारी ३५ वटा भित्रिएका छन् जस्मा पेट्रोलियम पदार्थ रहेका छैनन् । मुलुकको प्रमुख भन्सार वीरगन्ज–रक्सौल नाका भने ३७ दिनदेखि ठप्प छ ।imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget