आपूर्ति मन्त्रालयका सचिव र सहसचिव मिलेर आयल निगमको विश्वव्यापी बोलपत्रमा अवरोध पुराए

काठमाडौ – नेपाल आयल निगमले इन्धन संकट समाधानका लागि विश्वव्यापी बोलपत्रको आव्हान गरेको थियो । जनतालाई सहज रुपमा इन्धन उपलब्ध गराउने उद्देश्यका साथ सो असोज २१ गते निगमले सो सूचना सार्वजनिक गरेको थियो ।
निगमले जारी गरेको बोलपत्रअनुसार २३ वटा स्वदेशी तथा विदेशी कम्पनीले आवेदन दिएका छन् । त्यसको प्राविधिक अध्ययन जारी रहेको छ । तर सो बोलपत्रअनुसार काम हुन नदिने गरि वाणिज्य तथा आपूर्ति मन्त्रालयभित्रबाटै चलखेल शुरु भएको छ । आयल निगमलाई काम गर्न नदिने र इन्धन संकट समाधान गर्न नदिन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय र सहसचिजव जीवराज कोइराला यस्तो चलखेलमा सहभागी भएको मन्त्रालयका उच्च स्रोतले बतायो ।
स्रोतका अनुसार निगमका प्रमुख गोपालबहादुर खड्काले पटक पटक बोलापत्रको निर्णय गरिदिन सचिव उपाध्यायलाई आग्रह गरेका छन् । तर सचिव उपाध्यायले ‘यो काम अहिले गर्ने होइन, पछि गरौला, पछि गरौला भन्दै रोकेको’ निगम स्रोतले जनाएको छ । निगमको उच्च स्रोतका अनुसार निगम सञ्चालक समितिका अध्यक्ष रहेका सचिव उपाध्यायले ‘किन हतार गरेको, तपाईलाई भन्दा हामीलाई बढी चिन्ता छ’ भन्दै फाइल रोक्ने गरेका छन् । आयल निगमका एक अधिकारीले भने, ‘सचिवज्यू र सह–सचिवज्यूको भूमिका शंकास्पद लाग्छ । हामी बोल्न नमल्निे ?, राष्ट्र संकटमा परेको बेला देशको पक्षमा काम गरे राम्रो हुने थियो ।’
सचिव उपाध्याय भारतको इच्छा विपरित काम गर्न नहुने पक्षमा रहेको निगमका कर्मचारीहरुको बुझाई छ । इन्धन संकट समाधान गर्ने विभिन्न विकल्प खोज्नुपर्ने बेलामा मन्त्रालयमा बसेर नवनियुक्त मन्त्रीको कुरा काट्दै बस्ने सचिव उपाध्यायले काम गर्न नदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र मुख्य सचिव सोमलाल सुवेदी समक्ष उजुरी समेत परेको छ । उनको गतिविधिको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ ।
सचिव उपाध्याय र सहसचिव कोइरालाले जहिले पनि भारतको पक्षमा मात्रै निर्णय गर्नुपर्ने भन्दै निगको प्रस्तावलाई लत्याएका छन् । ‘विश्वव्यापी बोलपत्र गरिएपनि त्यसलाई असफल बनाउने उनीहरुको नियत रहेको देखिन्छ’ निगमका एक अधिकारीले डिएनएनसँग भने ।
आफ्नो कार्यकक्षमा घरबाट श्रीमतीले पठाएको भुटेको चिउरा खाँदै सचिव उपाध्यायले पत्रकारहरुसँग भन्ने गरेका छन् ‘निगमको प्रस्ताव केही मानिन्नँ, तेल ल्याउने भए भारतबाटै ल्याइन्छ । चीनको कुरा छाड्नुस ।’
सचिवमाथि अरु पनि आरोप लाग्ने गरेका छन् । सचिव उपाध्यायले कतारबाट इन्धन ल्याउने प्रस्ताव समेत भारतीय दूतावासमा पु¥याएको कारण यो कुरा अगाडि बढ्न नसकेको आरोप लाग्ने गरेको छ । कतारले नेपालमा रिफाइनरी प्लान्ट राख्ने प्रस्ताव समेत गरेको थियो । सो प्रस्ताव मन्त्रालयमा आउने वित्तिकै भारतीय दूतावास पु¥याउने काम भएको थियो । ‘सचिव उपाध्याय र सहसचिव कोइराला माथि यस्तो आक्षका गरिएको थियो । जसका कारण प्रस्ताव अगाडि बढेन ।’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।
इन्धन संकट समाधान गर्न चीन गएको टोलीलाई समेत उनीहरुले अवरोध पु¥याउने कोशिस गरेका थिए । तर त्यो भने सफल हुन सकेन । ‘उक्त प्रयास प्रयास असफल भएपछि उनीहरु मुलुकका विभिन्न नाकामा रोकिएका इन्धन ट्याकरलाई अब कुनै पनि हालतमा ल्याउन नदिने योजनामा लागेका छन् ।’ मन्त्रालयकै एक उच्च कर्मचारीले डिएनएनलाई बताए ।
इन्धन आयात गर्न चीन गएको टोलीमा ‘भारतीय दूत’ समेत सहभागी भएको भन्दै मन्त्रालयभित्रै आलोचना भएको थियो । ‘सचिव र सहसचिवले जसरी हुन्छ वाणिज्य तथा आपूर्ति मन्त्री र मुलुकको साख गिराउने योजनामा लागेका छन् । उनीहरुको गतिविधि संकास्पद रहेको भन्दै अख्तियार दुरपयोग अनुसन्धान आयोगले कारवाहीको तयारी गरेको छ ।’ स्रोतले बतायो । यस विषयमा मन्त्रालयका सचिवसँग कुरा गर्न खोज्दा उनको फोन रिसिभ भएन ।ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget