सेनाद्धारा निःशुल्क बस सेवा सन्चालन, यस्तो छ रुट, नागरिक खुसी


काठमाडौं, कार्तिक १३ । नेपाली सेनाले काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सन्चालनमा ल्याएको छ ।

सेनाले काठमाडौंका ८ ओटा रूटमा शुक्रबारदेखि ३५ सिट क्षमताका ४ ओटा बस सन्चालन गरेको हो । बस सेवा बिहान १० र दिउँसो ३ बजे सन्चालन भइरहेको सेनाले जनाएको छ ।

पहिलो रुट माइतीघरबाट नयाँबानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कालिमाटी, त्रिपुरेश्वर हुँदै रत्नपार्कसम्मको छ । दोस्रो रुट भद्रकालीबाट जमल, लैनचौर, टिचिङ अस्पताल, नारायणगोपाल चोक, बसुन्धरा गोंगबु, बालाजु, सोह्रखुट्टे र कान्तिपथ हुँदै माइतीघरसम्मको छ ।

यस्तै, तेस्रो रुट माइतीघर, थापाथली, त्रिपुरेश्वर कालिमाटी, कलंकी स्वयम्भू छाउनी, ताहाचल, टेकु हुँदै थापाथलीसम्म र चौथो रुट माइतीघर, नयाँ बानेश्वर, तीनकुने, एअरपोर्ट, गौशाला, चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ हुँदै भद्रकालीसम्मको छ ।

पाँचौ रुट थापाथली, कुपन्डोल, जावलाखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, बानेश्वर र सहिदगेटसम्मको र छैटौं रुट थापाथली, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर र रत्नपार्कसम्मको रहेको छ ।

यस्तै, सातौं रुटमा माइतीघर, पुरानोबानेश्वर, मैतीदेवी, पुतलीसडक, बागबजार, सिंहदरबार र आठौं रुटमा सहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, ताहाचल, छाउनी, स्वयम्भू, गोंगबुचोक, सामाखुसी र रत्नपार्कसम्म तोकिएको सेनाका प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिए ।

सेनाको बसका चालकले पनि जनताको सेवा गर्न पाउँदा खुसी लागेको बताए ।

सेनाले निःशुल्क बस सेवा सन्चालन गरेपछि सर्वसाधारण पनि खुसी भएका छन् र उनीहरुले बसहरुको संख्या बढाउनसमेत आग्रह गरेका छन् ।

नेपाल प्रहरीले पनि यसअघिदेखि नै निःशुल्क बस सेवा सन्चालन गर्दै आएको छ ।imagekhaba
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget