सरकार ! आधा सिलिण्डर ग्यास पनि पाइएन …

१४ कात्तिक, काठमाडौं । शनिबारदेखि आधा सिलिण्डर भएपनि ग्यास बाँड्ने खबर पाएपछि धेरै मानिसहरु सिलिण्डर लिएर ग्यास डिपोहरुमा पुगे ।
भारतको अघोषित नाकाबन्दीका कारण इन्धन आपूर्ति रोकिँदा धेरैको घरमा चुला बन्द छाडेको छ । भएकाहरुको ग्यास पनि सकिन लागेको बेला नेपाल आयल निगमले आधा सिलिण्डर ग्यास बाँड्ने निर्णय गरेको थियो ।
शनिबारबाट ग्यास बाँड्ने खबर पाएपछि कतिपय शुक्रबार राति अबेर नै र धेरै शनिबार विहानै खाली सिलिण्डर लिएर डिपोहरुमा पुगेका थिए । डिपोहरुमा खाली सिलिण्डरको लाइन लगाएर मानिसहरु चर्को घाम सहेर बसेका छन् । तर, सरकारी घोषणा अनुसार आधा सिलिण्डर ग्यास पनि पाइएन ।

केही डिपोहरुले ग्यास बाँडेपनि अधिकांशले अझै ग्यास नआएको बताएका छन् । तराईबाट काठमाडौंसम्म ल्याउने भाडा विवादले ग्यासहरु आएका छैनन् ।
अनलाइनखबरको टीम नेपालटार, बालाजु औद्योगिक क्षेत्र, साल्ट टे्रडिङ लगायत स्थानमा पुग्दा सिलिण्डर बोकेर लाइन बसेका सार्वसाधारणहरु थिए । तर, ग्यास नआएको भन्दै आधा सिलिण्डर वितरण भएको पाइएन ।onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget