राज्यका सबै पद गुमेपछि कांग्रेसमा रुवावासी

कोइरालाको पारिवारिक शासन अन्त्य हुँदै
काठमाडौं – अघिल्लो पटक आफ्नो क्षमताको मूल्यांकन गर्न नसक्दा एकीकृत नेकपा (माओवादी) ले राज्यका प्रमुख पदहरू गुमाएजस्तै यसपटक नेपाली कांग्रेसले पनि सबै पद गुमाएपछि सो पार्टीभित्र खैलाबैला शुरु भएको छ । भारतीयको योजनामा प्रधानमन्त्रीमा उम्मेदवारी दिएका सुशील कोइराला नेकपा (एमाले) र एमाओवादीको संयुक्त गठबन्धनका उम्मेदवार खड्ग ओलीसँग पराजित भए । सभामुखमा उम्मेदवार नै नपाएपछि उम्मेदवारी दिन नसकेको कांग्रेसले उपसभामुख समेत गुमाउन बाध्य भयो । हुँदा–हुँदा अहम्को राजनीति गर्दै आएको कांग्रेसले राष्ट्राध्यक्षको पद समेत गुमाएको छ ।

प्रमुख दलहरूबीच गत जेठ २५ गते भएको १६ बुँदे सहमति र सो सहमतिको अन्तर्यमा रहेको भद्र सहमतिलाई लत्याएर भारतको गोटी बनेपछि कांग्रेस इतिहासको कर्नरमा नराम्ररी धकेलिएको छ । भक्तपुरमा मात्रै राजनीतिक अस्तित्व रहेको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले त कांग्रेस सभापति कोइरालालाई पेस्तोल देखाएर प्रधानमन्त्रीको उम्मेदवार बन्न लगाइएको सार्वजनिक अभिव्यक्ति नै दिएका छन् । राष्ट्रपति डा. रामवरण यादवको निवास शीतलनिवासमा भारतीय संस्थापन पक्षका उच्च अधिकारीले कोइरालालाई पेस्तोल देखाएर प्रधानमन्त्रीको उम्मेदवार बनाएको उनको दाबी छ । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, भारतीय राजदूत रणजित राय र नाम नखुलेका एक भारतीय दूत समेतको बैठकमा भारतीय पक्षको खुला दलाली गर्ने अमरेश सिंहले कोइरालालाई शीतलनिवासमा पेस्तोल ताकेको बताइन्छ । यस्तो सनसनीपूर्ण खुलासा हुँदा समेत कोइराला चूँसम्म बोलेका छैनन् ।
कमल थापाको राप्रपा नेपाल फुटाउने, राप्रपाको भोट पनि आफूतिर तान्ने र एकीकृत नेकपा (माओवादी) बाट बाहिरिएर क्षेत्रीय दल खोल्ने ध्याउन्नमा लागेका डा. बाबुराम भट्टराई पक्षमा रहेका २० जना सांसद्लाई कोइरालाको पक्षमा मतदान गराउने आश्वासन रणजित राय, केभी राजन र भारतीय खुफिया एजेन्सी ‘रअ’का पूर्व प्रमुखले दिएका थिए । तर राष्ट्रियताको पक्षमा उभिएको एमाओवादी नेतृत्वको एमाले गठबन्धनले भारतीय योजनालाई धुलिसात् पारिदिएपछि कांग्रेसले प्रधानमन्त्री त गुमायो नै, त्योभन्दा बढी राष्ट्रपति र उपराष्ट्रपति समेत गुमाउने अवस्थामा पुगेको छ ।
भारतीय पक्षले कांग्रेस उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालाई समेत विभिन्न आश्वासन दिएर प्रभावित पारेको थियो । राष्ट्रपति रहेका डा. यादवले त पौडेललाई बोलाएर सभापति बनाइदिने भन्दै तत्कालका लागि कोइरालालाई प्रधानमन्त्री बनाउन अर्ती दिएका थिए । तराई मधेशका भनेर चिनिएका र विगतदेखि नै भारतीय योजनामा चल्ने डा. यादवको कुरा पौडेललाई पनि मनासिब लाग्यो र उनी शीतलनिवासबाट हान्निंदै आएर कोइरालाको प्रस्तावक बने । देउवाको भने अर्कै दाउ थियो, आगामी महाधिवेशनमा सभापति बन्न कोइरालालाई जसरी भए पनि हराउनै पर्ने अवस्था देखिएको थियो । भारतीय संस्थापन पक्ष र खुफिया एजेन्सीको योजनामा कोइरालालाई मोहोरा बनाउन देउवा लागिपरे र समर्थक बनिदिए । कांग्रेसमा यसपटक कसैले बाजी मारेको छ भने त्यो देउवाले नै हो । उनी आगामी महाधिवेशनमा विना रोकतोक कांग्रेस सभापति बन्दैछन् । संविधानसभाको दोस्रो निर्वाचनपछि राज्यका सबै निकायमा कांग्रेसीकरण गरेको कांग्रेस एमाले, माओवादी गठबन्धनपछि कर्नरमा धकेलिएको मात्रै छैन, राजनीतिक परिदृश्यमा ठूलो पार्टी भएर पनि नराम्ररी पछारिएको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget