‘नाकाबन्दी’को मैदान छाडेर राजेन्द्र महतो ‘देवी’को शरणमा

वीरगञ्ज, १३ कात्तिक । नेपाल–भारत सिमानाको दशगजा क्षेत्रमा धर्नामा बसेर मुलुकमा नाकाबन्दी लगाइ जनतालाई दुःख दिइरहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले देवी माताको दर्शन गरेर आशीर्वाद माग्नुभएको छ ।
अध्यक्ष महतोले नाकाबन्दीका लागि धर्ना बसेको स्थान वीरगञ्जस्थित दशगजा क्षेत्रबाट बारा जिल्लाको गढीमाई मन्दिरमा गई दर्शन गर्नु भएको हो ।
दर्शनका क्रममा उहाँले गढीमाईसँग के आशीर्वाद माग्नु भएको हो त्यस विषयमा केही नबताए पनि आफूले नेपाल र नेपालीविरुद्ध लगाएको नाकाबन्दी र माग पूरा गराउन गरेको दवाव पूराहोस् भन्ने आशा राखेको हुन सक्ने समर्थकहरूको भनाइ छ ।
गढीमाई देवीको दर्शनपछि अध्यक्ष महतोले आफ्ना समर्थकहरूसँग तस्बिरसमेत खिचाउनु भएको थियो ।
सद्भावना पार्टीका अध्यक्ष महतोले वीरगञ्जस्ति दशगजा क्षेत्रमा धर्ना बसेर नाकाबन्दी लगाउँदै आउनुभएको छ । उहाँले आफ्ना माग पूरा नहुँदासम्म नाकाबन्दी नखुल्ने बताउनुभएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget