चीनबाट आयो ईन्धन, फूल ट्यांक इन्धन लोड भएन

रसुवागढी–चीनले उपलब्ध गराउने घोषणा गरेको अनुदानको इन्धन नेपाल आइपुगेको छ । पहिलो चरणमा शुक्रवार तेल लिन चीनतर्फ पुगेका १२ वटा ट्यांकरमध्ये केरुङबाट इन्धन बोकेर तीनवटा ट्यांकर शनिवार साँझ नेपाल प्रवेश गरेका हुन् ।
नेपाल आयल निगमका अनुसार शनिवार रातभरसम्ममा राजधानी आइपुग्ने र अन्य बाँकी आठ ट्यांकरले आइतवार तेल बोकेर नेपाल फर्किनेछन् । इन्धन आपूर्तिमा अहिलेसम्म भारतमा निर्भर रहेको नेपालले चार दशक लामो भारतीय एकाधिकार तोड्दै पहिलो पटक छिमेकी चीनबाट तेल ल्याउन लागेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले शनिवार साँझ जानकारी दिँदै तीन वटा ट्यांकर केरुङबाट तेल भरेर नेपाल भित्रिसकेको बताए । ‘निगमले भने अनुसार चीनको केरुङसम्म चिनियाँ ट्यांकरले नै तेल ल्याएका थिए्, उनले भने । भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि नेपालले पहिलो पटक छिमेकी राष्ट्र चीनसँग पेट्रोलियम पदार्थ ल्याउने सहमति गरे बमोजिम आयल निगमका १२ हजार किलोलिटर क्षमताका १२ वटा ट्यांकर शुक्रवार चीन तर्फ पठाएको थियो । चिनियाँ आयल कर्पोरेसन र नेपाल आयल निगमबीच इन्धन आपूर्तिका लागि व्यवसायिक सम्झौता भएको चार दिनपछि इन्धन आयातका लागि पठाएका ट्यांकरहरु नुवाकोट र रसुवा हुँदै नेपाल–चीनको सीमानाका पुगेका थिए ।
पहिलो खेपमा ३० हजार किलोलिटर
चीनले अनुदानमा दिन लागेको एक हजार मेट्रिकटन अर्थात् १३ लाख लिटर मध्ये पहिलो खेपमा सय मट्रिक टन अर्थात १ लाख ३० हजार लिटर पेट्रोल ल्याउने योजना भएपनि अहिले १२ हजार किलोलिटर क्षमताका ३ वटा ट्यांकरले मात्रै तेल भरेर आएका छन् । नेपालतर्फको बाटो खराब भएको भन्दै ड्राइभरहरुले नेपाल आयल निगमका प्रवक्ता दिपक बरालसँग फूल ट्यांक लोड गर्न नसक्ने बताएपछि प्रति १०÷१० हजार गरी ३० हजार किलोलिटर मात्रै तेल अपलोड गरी फर्किएका हुन् । ‘केही ठाउँमा बाटो निकै खराब छ । बाटो नबनाइकन तेल ल्याउन समस्या छ ।’ आयल निगमका प्रवक्ता दिपक बरालले भने– ‘सरकारले कूल मागको एक तिहाइ चीनबाट आयात गर्ने सम्झौता गरिसकेकाले पक्कै पनि तत्कालै बाटो बनाउन पहल गर्ने छ ।’ ४ वटा ट्यांकर केरुङ प्रवेस गरको थिए तर चिनियाँ पक्षले शनिबार ३ वटालाईमात्रै अर्थात् २० टन तेल भर्ने जनाएपछि एउटा ट्यांकर फर्किएको हो । आयल निगमले १२ वटा ट्यांकर पठाएको भएपनि चिनीयाँ पक्षले बाँकी ट्यांकरमा आइतबार मात्रै तेल अपलोड गर्ने भनेपछि आठ वटा ट्यांकर नाकाभन्दा केही वर बसेका छन् । नेपालतर्फ करिब १० किलोमिटर कच्ची सडक छ बाँकी पीच सडक पनि अत्यन्तै साँघुरो भएकाले ठूला ट्यांकरलाई समस्या भएको हो । बाटो बनिसकेपछि भने चाहेजति पेट्रोल ल्याउन सक्ने निगमका प्रवक्ता बरालले जानकारी दिए ।
हिमपातले तेल ल्याउन ढिलाई
प्रवक्ता बरालका अनुसार सिगात्सेबाट आउने बाटोमा हिमपातका कारण आवातजाबतमा समस्या भएकाले पनि तेल भर्नका लागि ढिलाई भएको हो । शनिबार १२ वटा ट्याङकर तेल भर्न जाने तयारी भए पनि हिमपातका कारण ३ वटा मात्रै ट्याङकर केरुङ छिरेको थियो । विहानैदेखि सीमा नाकामा १२ वटा तेलको ट्याङकर रोकिएको थियो । रसुवागढी सीमा नाकाबाट ट्याङकर लिनका लागि पेट्रोल चाईनाका प्रतिनिधी वाङ सान याङको तीन जना प्रतिनिधी मण्डल र नेपाल आयाल निगमका प्रवक्ता दिपक बराल आएका थिए । चीनबाट तेल आउने भएसँगै नेपालतर्फ रसुवागढी सीमा नाकामा शसस्त्रको सीमा सुरक्षा बल तैनाथ गरिएको छ। चीनबाट अनुदानमा आएको तेल सुरक्षित हिसाबमा राजधानी काठमाण्डौ पठाउने व्यवस्था मिलाईएको छ। चीनले अनुदानमा दिने पेट्रोल केरुङमै सिल गरेर काठमाडौ पठाईने जनाईएको छ ।
नेपाल फर्किएका ट्यांकर काठमाण्डौं आउनासाथ अन्य ८ ट्यांकरले पनि आइतवार तेल लिएर फर्किने र फेरी थप ट्यांकर पठाइने आयल निगमले जनाएको छ । निगमले चीन पठाउन ४० वटा ट्यांकरलाई तयारी अवस्थामा यसअघि नै राखेको थियो । ल्हासास्थित महावाणिज्यदूत हरि बस्यालले चीन सरकारबाट उपलब्ध गराएको पेट्रोल जतिसक्दो चाँडो नेपाल पठाउन आग्रह गरेअनुसार चिनियाँ पक्षले शनिबार केरुङबाट तेल भरेर पठाएको जानकारी दिए ।
केही समयभित्रै दुई देशबीच तेलको किनबेचको व्यावसायिक सम्झौता हुँदैछ । चीनले केरुङको बाटो हुँदै नेपालमा पेट्रोलियम पद्धार्थ बेच्ने जनाएको छ । यद्यपि सानो बाटो भएकाले तत्काल यो नाकाबाट काठमाडौं उपत्यकाको माग सम्बोधन गर्नेगरी मात्रै पनि तेल आउन सक्ने अवस्था भने छैन । तर, भारतले नाकाबन्दी लगाइरहेका बेला चीनबाट पेट्रोल भित्रन थाल्नुले भने ‘साइकोलोजिकल’ रुपमा ठूलो अर्थ राख्छ ।
काठमाडौबाट १ सय ८७ किलोमिटर टाढा रहेको केरुङबाट सिगात्से सहरसम्म पुग्न केरुङबाट ५ सय ४८ किलोमिटर दुरीमा पर्छ । काठमाडौं बाट रसुवागढी पुग्न पासाङ ल्हामु राजमार्ग हुँदै झण्डै १ सय ६० किलोमिटर भन्दा बढी दुरी तय गर्नुपर्छ । यसरी काठमाडौंमा तेल आपूर्ति गर्ने ट्याकंरले लगभग १ सय ८० किलोमिटरको दुरीबाट तेल ल्याउने छन् ।
नेपाल चीन सीमा क्षेत्रको रसुवागढी नाकाबाट नेपाली समयअनुसार शनिवार विहान ११ः०० बजे तेल हस्तान्तरण कार्यक्रम गरिएको थियो । चीनका लागि नेपालका राजदूत महेश मास्के र ल्हासाका महावाणिज्यदूत हरि बस्याल र चिनियाँ राजदूतावास काठमाडौंका डिसिएम चेङ्जी र स्थानीय अधिकारीहरु उपस्थित थिए ।ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget