अवरुद्ध नेपाल–भारत सीमानाकामा सेना परिचालनको तयारी

काठमाडौं, १४ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अवरोध सीमा नाकाबाट हटाउन सरकारले सेना परिचानल गर्ने तयारी गरेको छ । झण्डै साढे २ महिनादेखिको मधेसी मोर्चाको आन्दोलनले देशभरको जनजिवन प्रभावित हुँदै गएपछि सरकारले सीमानाकामा सेना परिचालन गर्ने तयारी गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्तिबहादुर बस्नेतले सीमानाकाको अवरोध हटाउन सेना परिचालन गर्ने तयारी गरेका छन् । भारतले सीमानाकाको अवरोधले नेपालमा इन्धन भित्रिन नसकेको वताउन थालेपछि सुरक्षार्थ नेपाली सेना खटाउने निस्कर्षमा सरकार पुगेको छ ।
शुक्रबार नै  भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नेपालमा आफुहरुले नाकाबन्दी नगरेको तर नेपालमा भएको आन्दोलनले आफ्ना सवारी साधन जान नमानेको बताएको छ । सुरक्षा ब्यवस्था नभएका कारण सवारी साधनहरु नेपाल जान नसकेको बताउँदै भारतीय विदेश मन्त्रालयले भारतबाट नाकाबन्दी नभएको बताए ।
सरकारले सुख्खा बन्दरगाहबाट आउन सामानको सुरक्षाका लागि सेना परिचालनको तयारी गरिएको उद्योगमन्त्री सोमनाथ पाण्डे र आपूर्तिमन्त्री गणेशमान पुनले औपचारिकरुपमा जानकारी समेत गराई सकेका छन् ।yeskathmandu

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget