मधेसी मोर्चाको बैठकमा जब राजेन्द्र महतो गर्जिए…….सबै थुरुरु…..

काठमाडौं, १५ कात्तिक । जनकपुरमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नाकाबन्दीसहितका आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन अन्य घटकले ध्यान नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
जनकपुरमा शनिबार राति अबेलासम्म बसेको मोर्चाको बैठकमा अध्यक्ष महतोले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग असन्तुष्टि जनाउनु भएको हो ।
अध्यक्ष महतोलाई उदृत गर्दै स्रोतले भन्यो, ‘तपाईहरूले नाकाबन्दी गर्नका लागि लिएको जिम्मेवारी राम्रोसँग बहन गर्नुभएन । म लगातार वीरगञ्ज नाकामा बसेर नाकाबन्दी लगाएको छु । तपाईहरूको यस्तो कार्यले आन्दोलन कमजोर हुन्छ ।’
अध्यक्ष महतोको आरोपपछि ठाकुर र यादवले आफूहरूको बचाउ गर्नुभएको थियो । उहाँहरूले आगामी दिनमा आ–आफ्ना पार्टीले पाएका जिम्मेवारीलाई इमान्दारितका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको स्रोतको भनाइ छ ।
बैठकमा हालसम्म भएको आन्दोलनको समीक्षा, थाप आन्दोलन, सरकारसँगको वार्ता र कसरी अगाडि बढ्ने विषयमा पनि छलफल भएको सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो । उहाँले मोर्चाको बैठक आज पनि बस्ने र वार्ता सकारात्मक रुपमा अगाडि बढ्न नसके आन्दोलन चर्काउनु बताउनुभयो ।
उपेन्द्र यादवले विराटनर र महन्थ ठाकुरले भैरहवा भन्सार नाका बन्द गर्ने पूर्वघोषित कार्यक्रम थियो । तर वीरगञ्ज नाकाबाहेक अन्य नाकामा मधेसी मोर्चाको खासै प्रभाव छैन ।
मधेसी मोर्चाको आन्दोलनलाई देखाएर भारतले अषोषित रुपमा नाकाबन्दी लगाउँदै आएको छ । भारत र मधेसी मोर्चाको नाकाबन्दीले नेपाली जनताले झण्डै तीन महिनादेखि सास्ती व्यहोर्दै आएका छन् ।
जनताले सास्ती वेहोरे पनि सरोकारवाला निकायले खासै ध्यान नदिएको गुनासो बढ्दै गएको छ । सरकारले जनतालाई दिनुपर्ने आफ्नो दायित्व मधेसी मोर्चाको टाउकोमा थोप्रै आएको छ ।dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget