ट्यांकर चालकको आन्दोलनले इन्धन आएन

कुमार लुइँटेल |
२०७२ कार्तिक १५ आईतवार
विराटनगर : ट्यांकर चालकले सुरक्षाको ग्यारेन्टी नहुन्जेलसम्म भारततर्फ पेट्रोलियम लिन नजाने अडान लिएका छन् । चालकले शनिबार नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरअगाडि एक घन्टा धर्ना बसेर यस्तो अडान लिएका हुन् ।

शनिबार चालक भारत नगएपछि जोगबनी नाका भएर एउटा पनि इन्धन बोकेका ट्यांकर नेपाल आएनन् । भरतको बरौनी डिपोमा तेल भर्न गएका चालक र सहयोगीलाई भारतीय प्रहरीले तीन दिनअघि जोगबनीमा कुटपिट गरेको थियो । शान्तिसुरक्षाको प्रत्याभूत गर्न चालकले माग गरेका छन् ।

अखिल नेपाल यातायत मजदुर संगठन विराटनगरका सचिव सन्तोषकुमार बुढाथोकीले ढुवानी नरोक्न पहल भइरहेको जानकारी दिँदै भने, ‘सुरक्षा नहुने हो भने भारततिर तेल लिन जान सक्ने अवस्था भने छैन । तर हामीले जान चालकलाई मनाउने काम गरिरहेका छौं ।’


मजदुरको समस्या समाधानका लागि छलफल भइरहेको पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलाले बताए । उनले भने, ‘असुरक्षित भएकैले चालकले जान मानेका छैनन् ।’

मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले भारतीय सुरक्षा निकायसमक्ष कुटपिटमा संलग्न भारतीय प्रहरीको पहिचान गरेर कारबाही गर्न माग गरिएको जानकारी दिए । जोगबनी नाकाबाट शनिबार इन्धन नआए पनि औद्योगिक कच्चा पदार्थसहित ८० भन्दा धेरै गाडी नेपाल भित्रिएका छन् ।

भारतीय प्रहरीले चालकलाई कुटपिट गरेको विषयमा प्रशासनले समेत गम्भीरता प्रकट गरेको छ । शुक्रबार भने विराटनगरमा एक सय २५ इन्धन बोकेका ट्यांकर आएका थिए ।annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget