कांग्रेस नेतालाई धान लिन बोलाएर गोली हान्न खोजियो

परासी : कांग्रेस नवलपरासीका सभापति एवम पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलमाथि हतियारसहित आक्रमणको प्रयास भएको छ । उनलाई गोली हानेर आक्रमण गर्ने प्रयासमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्ला ठूठीबारी बजारका उज्जवल गड्तौला र योगेन्द्र पासवान छन् ।जिल्ला प्रहरी कार्यालयका उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार बडहरा दुवौलिया गाविसको ललितपुर गाउँमा गएको बखत कँडेल माथि गोली प्रहार गर्न खोजिएको थियो ।


खेत नजिकै गाउँलेहरुसँग कुरा गरिरहेका बेला बखत पुगेका आक्रमणकारीहरुले कँडेललाई ताकेर हान्ने क्रममा उनको सुरक्षार्थ खटिएका सई (पिएसओ) दिपक घिमिरेले पेस्तोल नियन्त्रणमा लिएका थिए ।सुरक्षाकर्मीको सावधानीका कारण कँडेलमाथिको आक्रमण विफल भएको प्रहरी उपरीक्षक उपाध्यायले बताए। आक्रमणको प्रयास भएपछि गाउँलेहरुले आक्रमणकारीको मोटरसाइकलसमेत जलाएको प्रहरीले जनाएको छ ।

६ राउण्डको पेस्तोलसहित पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी उपरीक्षक उपाध्यायले बताए । उता नेपालको ललितपुरमा खेतीबारी रहेको गड्तौला परिवारले घरायसी र कलेजको विवादका कारण कँडेलले फसाएको आरोप लगाएका छन् ।

गड्तौलाकी श्रीमती सुनिताका अनुसार ‘अधिया’मा धान लगाउने व्यक्तिले धान लिन बोलाएको बखत कँडेलले उसैको घरमा बोलाएर यस्तो घटना भएको हो । धान लिन दुई जना सहयोगी लिएर गाउँ गएका गड्तौलासँग घटना घटेपछि अर्का एकजना भागेर ठूठीबारी आएको सुनिताले बताइन्। गड्तौला र कण्डेलको लामो समयदेखि घरायसी र ठूठीबारीस्थित कलेजको विषयमा विवाद रहँदै आएको छ । नाताले उनीहरु बुढ्यौली हजुरआमातर्फका दाजुभाईको नाता पर्छ । कण्डेलल र गड्तौला दुवैको ललितपुरमा खेत छ ।

कँडेलले भने आफु माथी आक्रमण हुनुको प्रमुख कारण ठूठीबारीमा रहेको कलेजको विवाद रहेको बताएका छन् । कलेजको समिति गठनमा विवाद रहेको र आफुलाई खत्तम पारेपछि एकाधिकार हुने मनसायले गड्तौलाले आक्रमण गरेको कँडेलको भनाई छ ।

ठूठीबारीमा रहेको राद्यादेवि इण्टरकलेजको अध्यक्ष पदको लागी गड्तौला र कण्डेलबीच भारतीय अदालतमासमेत मुद्दा परेको छ । कलेजकी संस्थापक राधादेवीको डेढवर्ष अघि मृत्यु भएपछि अध्यक्ष पदका लागि दुई जनाबीच विवाद भएको थियो । सो विवाद अहिले भारत महाराजगञ्ज जिल्ला अदालतमा विचारधिन रहेको छ । स्रोतका अनुसार कँडेल अध्यक्ष हुन खोजेपछि गड्तौलाले भारतीय अदालतमा कँडेल गैर भारतीय  भएको र कलेजको अध्यक्ष हुन नसक्ने भन्दै मुद्दा हालेका छन् । त्यसको विरुद्ध कण्डेलले पनि गड्तौलासमेत नेपाली भएको भन्दै अदालतमा गएको बताइएको छ ।

स्वर्गिय राद्यादेवि कण्डेलले गड्तौलाको सानै उमेरदेखि लालनपोषण गर्दै आएकी थिईन।  नाताले गड्तौला राद्यादेवीको नातिनी भान्जीका छोरा हुन भने कण्डेल नाती नाता पर्ने हुन । राद्यादेविको मृत्यु पछि कलेजको संरक्षकको रुपमा गड्तौलाले काम गर्दै आएको बताइएको छ । गड्तौलासँगै पक्राउ परेका पासवान कलेजका सहयोगी हुन ।

यसैबीच गड्तौलाको पक्राउ पछि स्थानीयवासी र व्यवसायीहरुले सीमावर्ती ठूठीबारी बजार बन्द गरेका छन् । ठूठीबारीका स्थानीय पत्रकार मनोज जोशीका अनुसार राद्या देवि इन्टरकलेजको प्रबन्धकको जिम्मेवारीसमेत समाल्दै आएका गड्तौलालाई सुनियोजित रुपमा फसाइएको भन्दै व्यवसायी र स्थानीयले ठूठीबारी बजार बन्द गराएका हुन । नेपाल प्रहरीले उनीहरुलाई नछाडे नेपालबाट आउने कसैलाई पनि ठूठीबारीमा प्रबेश  नदिने भन्दै आक्रोशित भएको पत्रकार जोशिले बताएका छन् । annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget