गाडी तोडफोड गर्ने र राजमार्गमा अवरोध गर्नेलाई मुद्दा

गाडी तोडफोड गर्ने र राजमार्गमा अवरोध गर्नेलाई मुद्दा
१३ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले मधेस आन्दोलनका नाममा सार्वजनिक गाडी तोडफोड गर्ने र राजमार्ग अवरुद्ध गर्नेलाई मुद्दा चलाउने निर्णय गरेको छ । गृहमन्त्री शक्ति बस्नेतले बुधबार मन्त्री, सचिव र तीनवटै सुरक्षा निकायका प्रमुखसँग बैठक गरी सार्वजनिक गाडी तोडफोड गर्ने र राजमार्ग अवरुद्ध गर्नेलाई मुद्दा चलाउन निर्देशन दिएका हुन् ।
बैठकमा गृहमन्त्री बस्नेतले गाडी तोडफोड र राजमार्ग अवरुद्ध गर्नेलाई पक्राउ गरी छाड्ने परिपार्टीले गर्दा आन्दोलनकारीलाई राज्यले केही गर्न सक्दैन भन्ने भ्रम परेकाले त्यस्तालाई पक्राउ गरेलगत्तै मुद्दा चलाउन सुरक्षा निकायलाई निर्देशन दिएको  छ ।
गृहमन्त्री बस्नेतको भनाई उदृत गर्दै स्रोतले भन्यो-‘राजमार्गको सुरक्षामा कुनै सम्झौता नगर्न गृहमन्त्रीले निर्देशन दिनुभएको छ । हामीले सोहीबमोजिम मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिइसकेका छौं ।’ अाजकाे अन्नपूर्ण पोस्टमा खबर रहेकाे छ ।purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget