राजेन्द्र महत्तोलाई मोदीले एक करोड दिई आन्दोलनमा सक्रिय रहन अनुरोध गरेको कुरा खुलासा

एमाले र मधेसी मोर्चाबीच के–के कुराकानी भयो ?
एमालेले राष्ट्रिय सहमतिको सरकार र संघीय आयोग बनाउने प्रस्ताव आज पनि राख्यो । त्यो कुरा हामीले इन्कार गर्यौँ । अधुरो संविधान बनाउन मिल्दैन । संघीयतामै नजाने षडयन्त्र भएको हाम्रो ठहर रह्यो । संघीयता विनाको संविधान जारी गर्न मिल्दैन भन्ने कुरा हामीले स्पष्ट रुपमा राख्यौँ ।


संघीयताबारे मात्र छलफल भयो कि अन्य विवादित विषयमा पनि ?
अन्य विवादका विषयमा पनि सामान्य ढंगले छलफल भयो । निष्कर्ष केही पनि भएन । फेरि बस्नुपर्छ भनेर एमाले नेताहरुले भन्नुभएको छ ।

अव बैठक कहिले बस्छ ?
त्यो निश्चित भएको छैन । फेरि बस्ने भन्ने कुरा मात्र भएको छ ।

बैठक कत्तिको सकारात्मक पाउँनुभयो ?
कुराहरु राख्ने काम भयो । त्यति मात्र हो । यसलाई सकारात्मक या नकारात्मक के भन्ने । सकारात्मक त तव हुन्छ, जव विषयबस्तुमा सहमति हुन्छ ।

सरकारमा चाँही तपाईहरु जाने कि नजाने ?
सरकारको विषयमा पनि एमालेले प्रस्ताव राखेको थियो । अस्ती हामीले इन्कार गरेका थियौँ । आजफेरि एमालेका अध्यक्षले त्यही प्रस्ताव राख्नुभयो । हामीले यो कुरा मनबाटै हटाउनुहोस भनेर आज स्पष्ट रुपमा भनेका छौँ । मधेसी मोर्चाले संविधान जारी नभइ सरकारमा नजाने निर्णय गरेको छ । त्यसमा हामी अडिग छौँ । तपाईहरु भ्रममा नपर्नुहोस । संविधान जारी भएपछि मात्र सरकारको कुरा आउँछ । अब आइन्दा हाम्रो अगाडि यो कुरा नगर्ने भनेर हामीले भनेका छौँ ।

राष्ट्रिय सहमतिको सरकार बनाएपछि सहमतिको संविधान बनाउँदा के बिग्रिन्थ्यो त ?
सरकार त छदैछ नि । सरकार नभएर देश अड्किएको हो र ?

भनेपछि संविधान जारी नभइ मधेसी मोर्चा सरकारमा जाँदैन ?
त्यो त मधेसी मोर्चाको निर्णय नै हो । संविधान नबनेसम्म हामी सरकारमा जाँदैनौँ । हामी एक, दुई, तीन संविधान नबनेसम्म सरकारमा जाँदैनौँ ।

तपाईहरुको धारणा सुनिसकेपछि एमाले नेताहरुले के भने त ?
राम्रै नियतले हामीले भनेका हौँ । हाम्रो नियतमा कुनै खरावी छैन । सरकारमा एकै ठाउँमा भएपछि संविधान बनाउन पनि सजिलो हुन्छ । त्यसैले हामीले आग्रह गरेका हौँ । यसलाई अन्यथा नलिनुहोला भन्नुभयो ।

तपाईहरु छलफलका लागि बालकोट चाँही किन जानुभएको ?
उहाँले (एमाले अध्यक्ष केपी ओली) आफ्नै घरमा बैठक राख्नुभएको थियो । त्यसैले हामी सहभागी हुन गएका हौँ । हामीले विगतको सहमति अनुसार अगाडि बढ्नुहोस, संघीयता थाँती राखेर संविधान जारी गरिए मान्य छैन भन्ने कुरा स्पष्ट पारेका छौँ । सहमति अनुसार अगाडि बढ्नुको विकल्प छैन, त्यसै अनुसार अघि बढ्नुस भनेर कडाइका साथ भनेका छौँ ।

भनेपछि एमाले नेताहरुलाई चेतावनी दिएर बालकोटबाट फर्कनुभयो ?
हामीले भ्रम दूर गर्यौँ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget