चीनसँग इन्धन आपूर्ति सम्झौता गरेपछि नेपाललाई पहिलोपटक भारतको कडा धम्की

काठमाडौं, १३ कात्तिक । अघोषित नाकाबन्दीकाबीच इन्धन आपूर्तिका लागि नेपालले उत्तरी छिमेकी चीनसँग गरेको सम्झौताबारे पहिलोपटक भारतले कडा प्रतिक्रिया जनाएको छ ।
दक्षिणी छिमेकी भारतले चीनसँगको सम्झौताले नेपालसँग जोडिएका भारतीय नाकामा अब कडा नाकाबन्दी हुने चेतावनी दिएको हो । घुमाउरो पारामा उसले हाल रोकिएको रक्सौल–वीरगञ्ज नाका चीनसँगको सम्झौताले कसरी खुल्छ भनेर उल्टै प्रश्न गरेको हो । यो प्रश्नको अर्थ लगाउँदा चीनसँगको सम्झौताले नाका नखुल्ने बरु झन कडा हुने भन्ने बुझाउँछ ।
शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपको नियमित पत्रकार सम्मेलनका क्रममा नेपाल र चीनबीचको इन्धन आपूर्ति सम्झौताबारे पत्रकारको प्रश्नमा रक्सौल नाका नखुलेसम्म चीन अथवा जहाँबाट इन्धन ल्याएपनि नेपाललाई नपुग्ने भनाई घुमाउरो भाषामा बोलेका छन् ।
उनले नेपाल र चीनबीच भएको सम्झौताबारे आफूहरु जानकार रहेको समेत बताए । उनले नेपालले भारतबाट आपूर्ति गर्ने इन्धनमध्ये ७० प्रतिशत रक्सौल–वीरगञ्ज नाकाबाट जाने र त्यो नेपाली सीमामा भएको मधेस आन्दोलनले बन्द रहेको दाबी गरे ।
प्रवक्ता विकासले भने– ‘नेपाल चीनबीचकोसम्झौताले रक्सौल–वीरगञ्ज खुल्न कसरी सहयोग गर्छ, त्यो हामीले हेर्न बाँकी नै छ ।’ नेपालमा चीनको प्रवेशले भारतको प्रभाव घट्दैन भन्ने प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता विकासले नेपाल–भारत सम्बन्ध सहयोगमा निर्भर नरहेको जवाफ दिए । ‘दुई देशबीच रोटी बेटीको सम्वन्ध छ । खुला सीमा छ र ऐतिहासिक सम्वन्ध छ,’ उनले भने ।dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget