लेखक कलाकारको निशानामा मोदी सरकार

कार्तिक १३, २०७२- बिहार चुनावको क्रममा एउटा र्‍यालीलाई सम्वोधन गर्दै नरेन्द्र मोदीले आफूलाई नितिशकुमारको कम्प्युटरमा छिरेको भाइरस भनेपनि बिहारका पूर्वमुख्यमन्त्री लालु प्रसाद यादव आगो भए । त्यसको भोलिपल्टैको सभामा बोल्दै लालुले भने– नरेन्द्र मोदी साम्प्रदायीक भाइरस हुन् । अत्याधीक बहुमतका साथ चुनाव जितेर भारतको प्रधानमन्त्री बन्नुअघि पनि नरेन्द्र मोदीमाथि साम्प्रदायीकताको पक्ष लिएको आरोप लाग्ने गरेको थियो । सन् २००२ मा गुजरातमा फैलिएको हिन्दु मुस्लिम दंगामा मुस्लिमहरुको रक्षा
नगरेको भन्ने आरोप उनीमाथि अहिले पनि छ । यसै वर्ष संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका उनी जब फेसबुकको कार्यालय पुगेर त्यसका संस्थापक मार्क जुकरबर्गसँग हात मिलाए तब एउटा अधिकारकर्मीको संस्थाले जुकरबर्गलाई केही थान स्यानेटाइजर उपहार पठायो । त्यो संस्थाले भन्यो– तिमीले गुजरात हत्यामा मुछिएरका मोदीसँग हात मिलाएका छौ, त्यसैले तिमीले हात राम्रोसँग सफा गर्नुपर्छ । भारतीय जनता पार्टीको तेस्रो तहको नेताबाट भारतको प्रधानमन्त्री बन्दासम्मको मोदीको राजनीतिक ग्राफ अलि फरक छ । गुजरातमा केही सयमका लागि कमान्ड सुम्पिइएका मोदीले यसरी भारतकै कमान्ड सम्हाल्लान् भन्ने निकै थोरैले सोचेका थिए । तर, गुजरातको विकासलाई देखाएर गत वर्षको निर्वाचनमा भाजपालाई अत्याधीक बहुमत दिलाए पछि मोदी भारतमा नेहरु पछिका ठूला ‘भिजनरी’मा दरिए । आफ्ना छिमेकी मात्र होइन देश देशावरमा उनले नियमित भ्रमण मार्फत् आफ्ना कुराहरु पुर्‍याए । उनको विदेश भ्रमण अति धेरै भएको भन्दै उनीमाथि जोकहरु समेत बने– आउने महिनाको फलानो तारिखमा मोदी भारत भ्रमणमा आउदैछन् । अहिले भने स्थितिमा थोरै बदलाव आइरहेको देखिन्छ । भारतमै उनी अहिले दुइवटा प्रकरणले माेदी लेखक कलाकारको आलोचनाको केन्द्रमा छन् । पहिलो काण्ड हो, फिल्म तथा टेलिभिजन इन्स्टिच्युट पुनामा गजेन्द्र चौहानको नियुक्ति । भाजपा निकट चौहानको नियुक्तिको विरोध गर्दै त्यहाँ अध्ययनरत विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् । चौहान फिल्म संस्थानको प्रमुख हुन योग्य नभएको तर भाजपाको मान्छे भएकाले संस्थान नै बिगार्नेगरि पठाइएको भनेर विद्यार्थीहरुले मादीको विरोध गरिररहेका छन् । हिजो मात्रै दिवाकर बनर्जी र आनन्द पटवर्धन लगायतका फिल्ममेकरहरुले संस्थानमा राजनीतिक हस्तक्षेप गरिएको भन्दै त्यसको विरोधमा आफूले पाएका राष्ट्रिय पुरस्कार फिर्ता गरेका छन् । यसअघि दक्षिण भारतीय लेखक कलबुर्गीको हत्या गरिएको भन्दै प्रसिद्ध लेखक उदय प्रकाशले आफ्नो साहित्य एकेडेमी पुरस्का फिर्ता गरेका थिए । हिन्दुवादीहरुले सरकारको आडमा सुधिन्द्र कुलकर्णी लगायतका लेखक, कलाकार तथा सामाजिक अभियन्ताहरुमाथि दुव्र्यवहार गरिरहेको भन्दै नयनतारा सहगल लगायत थुप्रै लेखकहरुले आफ्ना पदक सरकारलाई फिर्ता गरिरहेका छन् । कवि, कलाकार तथा लेखकहरु सरकारको विरोधमा खुलेर अगाडि आइरहेका छन् । यसैबीच गुजरातमा पटेल समुदायको आरक्षणको माग राखेर भएको आन्दोलनमा मोबाइल फोन र इन्टरनेट काटेको भन्दै पनि सरकारको ठूलो आलोचना भएको थियो । बिहार चुनावको केहीअघि भएको दादरी काण्ड र गोमांसमा प्रतिबन्ध लगायतका विषय अहिले पनि विवादमा छन् । यस्ता विवादहरुलाई हेर्दा कला, साहित्य जगतमा मोदीको लोकप्रियता घटेको देखिन्छ । राजनीतिक रुपमा समेत यसले उनलाई असर गर्छ कि गर्दैन भन्ने कुराको सामान्य संकेत चाहिँ केही दिनमा घोषणा हुने बिहार विधानसभा चुनावको नतिजाबाट देखिनेछ ।ekantipur

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget